पारसले छाडे राष्ट्रिय टोलीको कप्तानी

Featured खेलकुद विशेष समाचार समाज

काठमाडौं – नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्काले कप्तानी पद छाडेको बताएका छन् । मंगलबार सामाजिक सञ्जालमा एक पोष्ट गर्दै कप्तानी छोडेको बताएका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले २०७३ बैशाखमा लगाएको निलम्बन सोमवार मात्रै शर्तसहित फुकुवा गरेको थियो । फुकुवा भएको अर्को दिन पारसले कप्तानी पद छाडेका हुन् । पारस नेपाली क्रिकेटमा सर्वाधिक सफल कप्तान र खेलाडी हुन् ।

सन् २००९ देखी राष्ट्रिय टोलीको कप्तानी सम्हालेका पारसले थुप्रै बाधा-अवरोध र समस्यालाई पार लगाउँदै विश्वमा उदाहरणीय क्रिकेट देशको रुपमा नेपाललाई चिनाए। सन् २००९ मा विनोद दासपछि पारसले कप्तानको जिम्मेवारी पाएका थिए ।

उनले एसीसी टी २० एलिट कपमा मलेसियाविरुद्ध पहिलो खेल कप्तानी गरेका थिए । पारसको कप्तानीमा नेपालले डिभिजन ५ देखी ३ सम्मको उपाधि जितेको छ । त्यस्तै पारसले सन् २०१४ मा नेपाललाई पहिलो पटक टि ट्वान्टी विश्वकप खेलाएका थिए ।

पारसले आफ्नो कप्तानीमा नेपाललाई वान डे मान्यता, पहिलो वान डे सिरिज र टि ट्वान्टी सिरिज जिताएका थिए । पारस नेपालबाट वान डे र टि ट्वान्टी दुबैमा शतक प्रहार गर्ने एक्लो र पहिलो खेलाडी समेत हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *