पोखराबाट बस चोरी गरी चितवन लैजाँदै गर्दा १ जना बालक पक्राउ

समाचार

मंसिर २४, पोखरा। गत शुक्रवार राति पोखरा-९ पृथ्वीचोकमा पार्किङ गरी राखेको ग १ ख ९६३८ नम्बरको बस चोरी भएको थियो । उक्त बस प्रहरिको खोजतलासमा तनहुँ म्याग्दे गा.पा. वडा नं.३ बस्ने १७ वर्षका एक जना बालकले चलाउँदै लगिरहेको अवस्थामा जिल्ला चितवन भरतपुर म.न.पा. वडा नं. ११ आँपटारी स्थितबाट चितवन प्रहरीले चेकजाँच गर्ने क्रममा फेला परेको छ। उक्त बस सहित निज व्यक्तिलाई पक्राउ गरी सम्मानित कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी मुद्दामा अनुसन्धान प्रकृया अगाडी बढाईएको व्यहोरा जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारि दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *