पाँचखालमा सञ्चालन गरिने विशेष आर्थिक क्षेत्र (सेज) हो ,औद्योगिक क्षेत्र हैन! भ्रममा नपरौ!

समाचार

२१ मंसिर,

श्री कृष्ण धिमाल

पाँचखालमा सञ्चालन गरिने सेज भनेको औद्योगिक क्षेत्र हैन यो विशेष आर्थिक क्षेत्र हो! मापदण्ड सहितको अन्तराष्ट्रिय स्तरका उद्योग सञ्चालन हुने SEZ को पूरा रुप Special Economic Zone हो । जसको नेपाली रुप ‘विशेष आर्थिक क्षेत्र’ हो । निर्यातजन्य उद्योगको स्थापना गरी मुलुकको अर्थतन्त्रलाई सबल र आत्मनिर्भर बनाउनका लागि राज्यले विशेष महत्वका साथ तोकेको निश्चित क्षेत्रलाई विशेष आर्थिक क्षेत्र भनिन्छ । निर्यातजन्य उद्योग स्थापनाका लागि नेपाल सरकारले सेज स्थापनाको नीति बनाएको छ । निर्यातजन्य उद्योग सञ्चालन गर्न देशका विभिन्न १४ ठाउँमा सेज स्थापना गर्ने सरकारी योजना छ । सोही क्रममा काभ्रेपलान्चोकको प्राचीन उपत्यकाको श्रीरामपाटीमा धमाधम निर्माण कार्य भइरहेको छ। यसले स्थानीय स्रोतको उपयोग हुने हुँदा निर्यात अभिवृद्धि र रोजगारी सिर्जनामा महत्वपूर्ण योगदान गर्न सक्छ।’ सेजको मूख्य उद्देश्य निर्यात हो । व्यापार घाटा न्यूनिकरणका लागि यो एक योजना हो!

Leave a Reply

Your email address will not be published. Required fields are marked *