युनाइटेड टेक्निकल कलेज द्वारा चेपांङ्ग संरक्षण केन्द्र रत्ननगरमा खाधान्न सहयोग

बागमती प्रदेश समाचार समाज

२०८० पुष २२ गते,चितवन

“सेवा नै धर्म हो” भन्ने नारालाई आत्मासाथ गरि युनाइटेड टेक्निकल कलेजले आज गामबेशीको चेपाङ संरक्षण केन्द्र, मंगलपुर, रत्ननगर, चितवनमा अवस्थित विधालयमा खाधान्न चामल दाल आलु प्याज लगायत नुन सहित एक हप्तालाई पुग्ने गरि खाधान्न रासन सहयोग गरेको छ।

रत्ननगर चितवनमा अवस्थित चेपाङ्ग विधार्थीहरुको संरक्षण केन्द्रमा १३२ जना जति विधार्थी बच्चाहरु रहदै आएको कुरा सोहि संरक्षण केन्द्र चलाउदै आउदै गर्नु भएको साथै संरक्षण केन्द्रको अवस्थाको बारेमा र खाधान्न जुटाउन कति समस्या भएको आदरणीय संचालक सर केपी किरण शर्मा ज्युले जानकारी गराउनु भयो। संगै युनाइटेड टेक्निकल कलेज परिवार प्रति भावुक हुदै सहयोगको लागि गामबेशीको चेपाङ संरक्षण केन्द्रको तर्फ़ बाट संचालक श्री केपी किरण शर्मा ज्युले हार्दिक आभार प्रकट गर्नु भएको छ।

उक्त कार्यक्रममा युनाइटेड टेक्निकल कलेजको प्रिन्सिपल प्रा डा केशव दत्त अवस्थी ज्यु , भुवन चलाउने ज्यु , गणेश बसौला ज्यु, सोहि कलेज बाट स्नातक तह पढेर पास गर्नु भएको सिनियर विधार्थी साहिर श्रेष्ठ ज्यु र ई रन्जन न्यौपाने ज्यु लगायत युटेक कलेजमा अध्ययनरत विधार्थी भाइ बहिनीहरुको गरिमामय उपस्थिति थियो। कार्यक्रममा कलेजको प्रिन्सिपल प्रा डा केशव दत्त अवस्थी सरले भविष्यमा चेपाङ्ग विधार्थी भाइ बहिनीहरु प्राविधिक इन्जिनियरिंग शिक्षा पढ्न इच्छुक भएमा कलेजले हर तवरले साथ सहयोग गर्ने वाचा गर्नु भएको छ साथै प्रिन्सिपल सरले चेपाङ्ग विधार्थीहरु आफ्नो उज्जवल भविष्यको लागि प्राविधिक शिक्षा नै रोज्न पर्ने बताउनु भएको छ।

उक्त कार्यक्रममा कार्यक्रमलाई सफल पार्न हुन प्रत्यक्ष अप्रत्यक्ष साथ सहयोग गर्न हुन त्यसै कलेजका पुर्व विधार्थी साहिर श्रेष्ठ ज्युको उतिनै प्रशंशनिय भूमिका रहेको बताउदै सबै विधार्थी भाइ बहिनीहरुलाई धन्यवाद प्रकट गर्नु भएको छ। साथै युटेक कलेज प्रिन्सिपल आगामी दिनहरुमा समाज देश विकाशको लागि यस्ता सामाजिक सेवा कार्यक्रमहरु भविष्यमा पनि कलेजले गर्दै आउने छन् भन्ने विश्वास दिलाउनु भएको छ ।

कार्यक्रमलाई सफल पार्न हुन युटेक कलेजमा अध्ययनरत विधार्थीहरु असुल श्रेष्ठ , सन्दिप भट्टराई , सफल प्रोख्रेल , निपु शाह , राजश्वी पौडेल , सज्जा थापा , महिमा परियार , बिशाद उपाध्याय, रोहित केसी , प्रभास पराजुलीको उतिनै प्रशंशनिय भूमिका रहेको कार्यक्रम संचालक सौम्या गुप्ता ज्युले जानकारी गराउनु भएको थियो साथै युनाइटेड टेक्निकल कलेज प्रशाशन परिवार लगायत सम्पूर्ण युटेक परिवारको भूमिका पनि उल्लेखनीय रहेको जानकारी गराउनु भएको थियो र कार्यक्रमको अन्तिममा सम्पूर्ण कलेजमा अध्ययनरत विधार्थी साथीहरु , गुरुहरु लगायत कलेज प्रशाशन परिवार प्रति हार्दिक आभार प्रकट गर्नु भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *