बसन्त’का दुई कृति एकसाथ

Featured समाचार साहित्य

काठमाडौँ, असोज १४
सहप्राध्यापक गोपाल पौडेल ।।।बसन्त’का दुई कृति सार्वजनिक भएका छन् । ।।।हे देव तिमी’ नेपाली र आउट अफ बक्स’ अब्ग्रेजी भाषाका कृति आध्यात्मिक चेतना र जीवन जगत् बुझाउने काव्य हुन् ।
त्रिभुवन विश्वविद्यालयअन्तर्गत धनकुटा क्याम्पसमा लामो समयसम्म अब्ग्रेजी भाषा र साहित्यको प्राध्यापन गर्नु भएका ।बसन्त’ को ।।।हे देव तिमी’ मा नौ वटा लामा कविता रहेका छन् । पूर्वीय जीवन पद्धतिका
उहाँका कवितामा ज्ञान र विज्ञानमध्ये ज्ञानको सत्ता नै सर्वोपरी हुने सत्य स्थापना गरिएको छ । त्यसभन्दा भिन्न अब्ग्रेजीको ।।।आउट अफ बक्स’ चाहिँ २२८ वटा छोटा कविताहरुको सब्ग्रह हो ।
अनुभूति, अध्यात्म, जीवन दर्शन, प्रकृतिलगायतका विविध विषय समेटिएका छोटा कविता साँच्चिकै कलात्मक पनि रहेका छन् । ।।बसन्त’का यसअघि तीन वटा कविता सब्ग्रह प्रकाशन भइ सकेका छन् । तीमध्ये अब्ग्रेजीको ।।।मन’ र ।।। मन र प्राण’ संयुक्त राज्य अमेरिकाको मिचिगन स्टेट युनिभर्सिटीको दक्षिण एसिया अध्ययनमा पाठ्य सामग्रीका रुपमा रहेका छन् । ।।।आउट अफ बक्स’ पनि सन्दर्भ सामग्रीका रुपमा राखिएको त्यहाँका प्राध्यापक डा. मारोहाब याक्थुबले भूमिकामा लेख्नु भएको छ । दुबै पुस्तक सेर्गेम प्रकाशन गृह दमकले प्रकाशन गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *