चोरीको गरगहना सहित मानिस पक्राउ

गण्डकी प्रदेश समाचार समाज

पोखरा
मिती २०८०।०५।२५ गते अन्दाजी १३:०० बजेको समयमा जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.१२ स्थित पशु सेवा तालिम केन्द्रको कार्यालय परिसरको आवास कोठाबाट सुनका बिभिन्न गरगहना अन्दाजी १६ तोला बराबरका सुनका गरहगनाहरु चोरी भएकोले अनुसन्धान गरी पाँउ भन्ने निवेदनको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले जिल्ला पर्सा पर्सागढी नगरपालिका वडा नं. २ घर भई हाल जिल्ला कास्की पोखरा म.न.पा. वडा नं. १२ बस्ने बर्ष २२ की शिवदेवी चौधरी (पीडितको घरमा काम गर्ने व्यक्ति) लाई प्रारम्भिक सोधपुछ गर्दा निजले उक्त सुनका गरगहनाहरु चोरी गरी जिल्ला कास्की पोखरा म.न.पा. वडा नं.१० बुद्दचोकमा रहेको मोवाईल पसलमा लुकाउन दिएको भन्ने बुझिएको र उक्त पसल खानतलासी गर्दा चोरी भएका १६ तोला बराबरका बिभिन्न सुनका गरगहनाहरु बरामद भएको हुँदा उक्त मोवाई पसलका संचालक सहित दुबै जनालाई पक्राउ गरी सम्मानित कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी कसूरमा दिन छ (६) म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *