असिना पानीले कृषिबालीमा पुर्याएको क्षतिको सांसद गिरी द्वारा स्थलगत निरीक्षण

Featured कृषि विशेष समाचार समाज

१२ जेठ, पर्वत ।  यहि जेठ ९ गते पर्वत जिल्लाको मोदी गाउँपालिका र कुश्मा नगरपालिका का पर्वतका विभिन्न स्थानहरुमा  हावाहुरी सहितको असिना पानीले पुर्याएको क्षतिको अवस्था बारेमा  प्रतिनिधि सभा सदस्य माननीय सांसद पदम गिरी सहितको टोलीले पकुवा, राम्जा र चित्रेमा स्थलगत  निरीक्षण गर्नु भएको छ । निरीक्षण टोलीमा नेपाल कम्युनिष्ट पार्टी का गण्डकी प्रदेश सदस्य मेघनाथ सुवेदी, कुश्मा नगरपालिका नेकपा संयोजक शंकर गिरी, कृषि ज्ञान केन्द्र पर्वत का प्रमुख बासुदेव रेग्मी र बाली संरक्षण अधिकृत नारायण पौडेल रहनु भएको थियो ।

निरीक्षणको क्रममा भिषण असिना पानीले पुर्याएको क्षतिको बारेमा माननीय सांसद पदम गिरीले किसानहरु सँग जानकारी र सो को अवस्थाको बारेमा बुझनु भएको थियो । सो क्रममा किसानहरुले प्राकृतिक विपत्ति, असिनापानी, हावाहुरीले आफुहरुको मकै, तरकारी, आलु, फलफुल खेती, धान र कोदोको विँउहरुमा ठुलो क्षति पुगेको र सोको क्षतिपुर्तिको लागि सम्बन्धित निकायहरुमा पहल गरिदिन माननीय सांसद पदम गिरी सँग आग्रह गरेका थिए । सांसद गिरी स्थलगत निरीक्षणमा पुगेपछि क्षतिका कारण निराश किसानहरु क्षतिपुर्ति पाउने कुरामा आशावादी भई राहतको महशुस गरेको थिए ।

केन्द्रीय सरकार र प्रदेश सरकारले ले ल्याएका मोडेल फार्म, स्क्रिम हासउ निर्माण आदि कार्यक्रमका भौतिक संरचनामा पनि उक्त दिनमा परेको हावाहुरी सहितको असिना पानीले क्षति पुर्याएको अवस्थाको पनि सांसद गिरी सहितको टोलीले निरीक्षण गर्नु भएको थियो ।

                           किसानहरुको भाैतिक पूर्वाधारहरुमा पुगको क्षतिको अवलोकन गर्दै सांसद पदम गिरी

निरीक्षणको क्रममा सांसद गिरीले असिना पानीले गर्दा किसानहरुलाई ठुलो क्षति भएको  र सोको उचित क्षतिपुर्ति राज्यले यथासिघ्र व्यवस्था गर्नु पर्ने र सोको लागि आफुले राज्यका सवै निकायसँग क्षतिपुर्तिको लागि सक्दो प्रयास गर्ने प्रतिवद्धता गर्नु भएको थियो । सोही क्रममा क्षतिपूर्तिको सम्पुर्ण विवरण यथासिघ्र संकलन गरि आफु मातहतका निकायमा विवरण उपलब्ध गराउन कृषि ज्ञान केन्द्र, पर्वतका प्रमुखलाई सांसद गिरीले निर्देशन दिनु भएको थियो ।

                         असिना पानीले पुर्याएको क्षतिको बारेमा माननीय सांसद पदम गिरीले पिडित किसानहरु सँग जानकारी लिदै

Leave a Reply

Your email address will not be published. Required fields are marked *