प्रदेश स्तरिय रीडमोर सामाजिक अध्ययन हाजिरी जवाफ प्रतियोगिता हुने :

Featured गण्डकी प्रदेश समाचार

सामाजिक बिषय अध्ययन अध्यापनमा संलग्न शिक्षकहरुको कार्यकुशलता बिकास एवम् पेशागत क्षमता अभिबृद्धि गर्ने उदेश्यका साथ स्थापना भएको सामाजिक अध्ययन मञ्च कास्कीले प्रदेश स्तरिय रीडमोर सामाजिक अध्ययन हाजिरी जवाफ प्रतियोगिता २०७५ आयोजना गर्ने भएको छ । कार्यक्रम पौष ७ र ८ गते मदरल्याण्ड माबि पोखरा ७ मा हुदैछ । प्रतियोगितामा गण्डकी प्रदेश का ८० भन्दा बढी टिमहरुले सहभागी जनाउने आयोजकले अपेक्ष गरेको छ । प्रतियोगिता प्रारम्भीक , क्वाटर फाइनल , सेमिफाइनल र फाइनल गरी ४ वटा चरणमा संचालन हुनेछ । फइनल चरणमा पुग्ने टिमहरु मध्ये प्रथम , द्धितिय र तृतियलाइ क्रमश रु २०००० , १५००० , १०००० साथमा टर्फीे र प्रमाण पत्र प्रदान गरिने छ । साथै सान्त्वना प्राप्त गर्ने टिमलाइ समेत टर्फी र प्रमाण पत्र प्रदान गरिने छ । उक्त प्रतियोगिताले बिद्यार्थीहरुको बौद्धिक क्षमताको बिकास गर्नुको साथै क्षमता बिकासको मुल्याङकन गर्न शहज हुने र बिषयवस्तु अध्ययनमा प्रतिस्पर्धा गराउने अध्ययन मञ्च कास्कीका सचिब गोविन्द काफ्लेले जनाएका छन् । प्रतियोगितामा सामुदायिक तथा संस्थागत विद्यालय अन्र्तगत माध्यमिक तहमा कक्षा ९ र १० मा अध्ययनरत ४ जना बिद्यार्र्थीले सहभागी हुन पाउनेछन् । ४ जना सहभागी मध्ये एक जना छात्रा बिद्यार्र्थी हुनु पर्ने र एक विद्यालयबाट १ टिमले मात्र भाग लिन पाउने छ । सामाजिक अध्ययन बिषयको पाठ्यक्रमले तोकेका विषयवस्तु एवम् राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा घटेका घटनाहरु सगँ सम्बन्धित प्रश्नहरु प्रतियोगितामा सोधिने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *