ऋषिङ्ग गाउँपालिकाले कोरोना सक्रमण रोक्न गर्यो पुर्व तयारी , स्वास्थ्यकर्मीलाइ पिपिइ देखी क्वारेन्टाइन सम्म :

Featured गण्डकी प्रदेश विशेष समाचार स्वास्थ्य

१५ चैत, पाेखरा

ऋषिङ्ग गाउँपालिकाले आफ्ना गाउँपालिकाको विभिन्न वडामा कार्यरत स्वास्थ्यकर्मी हरुको लागी पिपिइको व्यवस्था गरेको छ । ऋषिङ्ग गाउँपालिकाका अध्यक्ष राजेन्द्र कृष्ण श्रेष्ठले आज गाउँ पालिकाका स्वस्थ्य प्रमुख लोक बहादुर थापालाई पिपिइ लगायत अन्य आवश्यक स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नु भयो । ऋषिङ्ग गाउँपालिकामा कोरोना सक्रमण रोक्न पुर्व तयारि स्वरुप गाउँपालिका वडा नं ८ शिव सरस्वती मा बि को ४ वटा कोठामा १० जना शंकास्पद संक्रमित राख्न मिल्ने गरि र ऋषिङ्ग ४ भिर्कोटमा पनि क्वारेन्टाईनमा राखिने भएको छ । क्वारेण्टाईनमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मी रहने गरि उचित व्यवस्था गरिने निर्णय गरिएको स्वास्थ्य शाखा प्रमुख लोक बहादुर थापाले बताए । त्यस्तै नेपाल रेडक्रस सोसाईटी कोटदरबार उपशाखा ऋषिङ्गले सक्रमित बिरामीलाइ आवस्यक परे निशुल्क एम्बुलेन्स सेवा दिने बताएको छ । ऋषिङ्ग गाउँपालिकामा १ महिना यता कोहि विदेशबाट आएका व्यक्ती भए तुरुन्त आ आफ्ना वडाका जन प्रतिनिधिलाइ सम्पर्क गर्न वा आफ्नो वडामा रहेको स्वास्थ्य चौकिमा खबर गर्न आग्रह गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *