२१ औ भुकम्प सुरक्षा दिवस आज : पोखरामा अधिक भारका संरचना निर्माण घातक :

समाचार समाज

पोखरा, ०२ माघ ।
२१ औ भुकम्प सुरक्षा दिवस, आज गण्डकी प्रदेशको राजधानी पोखरामा पनि चेतनामुलक कार्यक्रम गरि मनाईएको छ ।

“विपदबाट सुरक्षित हुने नागरीक अधिकार, पुरा गर्ने जिम्मेवारी संघ, प्रदेश र स्थानिय सरकार” भन्ने नाराका साथ नेपाल रेडक्रस सोसाईटी, कास्की लगायतका सामाजिक संघसंस्थाहरुको सहभागीता यो दिवस मनाईएको हो ।


भुकम्प जस्तो विपद्का बेला मानव निर्मित संरचनाका कारण ठुलो क्षेति हुने गरेकाले संरचना निर्माणमा भरपर्दा सुरक्षात्मक उपायहरु अवलम्वन गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।
विभिन्न समयमा नेपाललाई केन्द्रबिन्दु बनाएर गएका निकै शक्तिशाली भुकम्पका कारण हजारौ नागरीकहरुले ज्यान गुमाएका छन् ।

पछिल्लो समय गोर्खा केन्द्रविन्दु भएर गएको गोर्खा भुकम्पमा परि ९ हजार भन्दा धेरै मानिसहरुले ज्यान गुमाएका थिए ।
खरवौ रुपैयाँ बराबरका सम्पदा तथा सम्पतिहरु ध्वस्त भएका थिए ।

हजारौ घाईतेहरु अहिले पनि उपचार गराईरहेका छन् । तसर्थ, भुकम्पको क्षेति न्युनिकरणका लागी भुकम्प प्रतिरोधी संरचनाहरु निर्माण गर्नु आवाश्यक रहेको विज्ञहरुले सुझाएका छन् ।


यता, पोखराको भुगोल निकै भ्वानहरुको शिकार भैरहेका बेला थप सचेतना अपनाउन जरुरी रहेको उनिहरुको तर्क छ । निकै धेरै गुफाहरु भएको स्थान भएका दृष्टिले पनि अधिक भार हुने संरचनाहरुको निर्माण घातक हुन सक्ने भुगर्भविद्हरुले चेतावनीपुर्ण सुझाव पेश छन् ।

http://www.googlepokhara.com/vukampa-day-2075/

Leave a Reply

Your email address will not be published. Required fields are marked *