नेपाल विकासको मुख्य आधार पर्यटन : उपराष्ट्रपति पुन

पर्यटन समाचार

पोखरा, ०२ माघ ।
पर्यटन क्षेत्रको विकास विना नेपालले समृद्धि हाषिल गर्न नसक्ने उपराष्ट्रपति नन्द बहादुर पुन (पासाड्ड) ले बताएका छन् । पोखरामा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेपाल विकासको मुख्य आधारका रुपमा पर्यटनलाई उल्लेख गरे ।


भरपर्दा पुर्वाधारहरुको निर्माण गर्न सके नेपालको पर्यटन क्षेत्रको विकासमा अनुमान गरिए भन्दा निकै बढि सफलता हात लाग्न सक्ने उनले बताए । सुविधा सम्पन्न पुर्वाधार तथा आत्मिय सेवाले मात्र पर्यटकको मन जित्न सकिने उनको तर्क छ ।

नेपाली पर्यटनको क्षेत्रमा अझै पनि पर्यटकको बसाई अवधि लम्ब्याउन नसकिएको बताएका उनले हाई क्वालिटी (खर्चालु) पर्यटकको समेत अभाव रहेको बताए । दैनिक हजारौँको संख्यामा विदेश पलायन हुने युवाहरुलाई समेत यस क्षेत्रमा लगाई रोजगारी सृजना सकिने उनले उल्लेख गरेका छन् ।


नेपालको अर्थतन्त्रमा पर्यटन क्षेत्रको उल्लेखनिय योगदान रहेको छ । तर, निजि क्षेत्रका व्यवसायीहरुले भने पर्यटन विकासमा राज्यको लगानी अपुग रहेको बताउदै आएका छन् ।

http://www.googlepokhara.com/pasang-news/

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *