शिवालयको शिक्षक भलिबलको उपाधी चन्द्रप्रभालाई, मूल समारोह शनिबार

खेलकुद समाचार

 

पोखरा, पुस २० गते । कास्कीको रुपा–२, थुम्कीस्थित शिवालय माविले आयोजना गरेको मैत्रीपूर्ण शिक्षक भलिबल प्रतियोगिताको उपाधी चन्द्रप्रभा माविले जितेको छ ।

विद्यालयले आफ्नो ५८ औं वार्षिकोत्सवका अवसरमा आयोजित प्रतियोगितामा रुपा–६, भीरचोकको चन्द्रप्रभाले आयोजक शिवालयलाई ३–१ को सेटमा पराजित गरेको थियो । विजेतालाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलबहादुर थापा, पूर्व प्रधानाध्यापक हरिप्रसाद सापकोटा र होमनाथ सुवेदीले नगद, मेडल र प्रमाणपत्र वितरण गरेका थिए ।

सो विद्यालयको ५८ औं वार्षिकोत्सवको मूल समारोह यही पुस २१ गते शनिबार हुँदै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *