कुमारी मन्दिरलाई पूर्वावस्थामा राख्न आदेश

Featured समाचार

काठमाडौँ, २० पुस (रासस) : सर्वोच्च अदालतले वसन्तपुरमा रहेको ऐतिहासिक मल्लकालीन कुमारी मन्दिरलाई पूर्वावस्थामा राख्ने व्यवस्था गरी स्थानीयलाई पूजापाठको व्यवस्था गर्न आदेश जारी गरेको छ ।

न्यायाधीशद्वय तेजबहादुर केसी र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले आज महर्जन बिजनेस एसोसिएट्स बनाइएको भवन हाल बेसमेन्ट भएको सो स्थानमा नरहेको मल्लकालीन कुमारीको मन्दिरलाई पूर्वावस्थामा राख्ने व्यवस्था गरी पूजापाठ गराउने व्यवस्था गर्न आदेश दिएको हो ।
आदेशमा मल्लकालीन ऐतिहासिक कुमारीको मन्दिरलाई पूर्वावस्थामा राख्ने व्यवस्था गरी पूजापाठ गर्न व्यवस्था मिलाउन र मापदण्ड विपरीत बनेका भवनको बेसमेन्ट पुर्न लगाउन भनिएको छ । कानून विपरीत देखिएका निर्माण कार्य भत्काउन लगाउनु एवं कानून विपरीत काम गर्ने कर्मचारीलाई कारवाही गर्न आदेशमा उल्लेख छ । काठमाडौँ महानगरपालिकाले स्वीकृत नक्साबमोजिम नै भवन निर्माण गर्न भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *