तीन देशका खेलाडी सम्मिलित बक्सिङ अर्को महिना

खेलकुद विशेष समाचार स्वास्थ्य

श्रीकृष्ण धिमाल /काठमाडौ।

एसियन गेम्सका पदकधारी पुर्व बक्सिङ खेलाडी तथा प्रशिक्षक दिपक महर्जनको आमा इन्द्र माया महर्जनको स्मृतिमा नेपाल, भारत र भुटानबीच मैत्रीपूर्ण बक्सिङ प्रतियोगिता आयोजना हुने भएको छ ।

बोसिगाऊ स्पोर्ट्स क्लबको आयोजनामा आगामी पुसमा तेस्रो साता ‘इन्द्र माया महर्जनको स्मृतिमा नेपाल, भारत र भुटान मैत्रीपूर्ण बक्सिङ’ हुने भएको हो ।

आयोजक बोसिगाऊ स्पोर्ट्स क्लबले बिहिबार पत्रकार सम्मेलन गर्दै मैत्रीपूर्ण प्रतियोगिता आगामी पुस २५ र २६ गते चन्द्रागिरी नगरपालिका बोसिगाऊमा आयोजना हुने जानकारी गराएको हो ।

नेपाल बक्सिङ संघको तत्वाधानमा हुने प्रतियोगितामा महिलातर्फ ४८, ५१,५४ र ६० केजी तौल समूहमा प्रतिस्पर्धा हुनेछ । पुरुषतर्फ ४९,५२, ५६, ६०, ६४, ६९ र ७५ केजी गरी कुल ९ तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा भारतको हरियाणा र भुटानको राष्ट्रिय टोलीका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । नेपालबाट ‘ए’ र ‘बि’ गरी दुई टोलीको सहभागिता रहनेछ ।

विजेताले ट्रफीसहित नगद १५ हजार, दोस्रोले १० र तेस्रो हुने दुई जनाले ५/५ हजार पाउनेछन् ।

श्री मछिन्द्रनाथ इट्टा उद्योगको मुख्य प्रयोजनमा हुने प्रतियोगितामा सहभागी सबै खेलाडीहरुको खाने बस्ने व्यवस्था आयोजक क्लबले गर्नेछ ।

आयोजक बोसिगाऊ स्पोर्ट्स क्लबले बिस २०७२ सालमा गएको विनासकारी भूकम्पमा परी ज्यान गुमाएकालाई समर्पित गर्दै प्रतियोगिता आयोजना गर्न लागिएको जनाएको हो । २०७२ सालकै भूकम्पमा परी इन्द्र माया महर्जनको निधन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *