पर्वतको कुश्मामा खुला र सि लेभलको ब्याडमिन्टन प्रतियोगिता आयोजना हुदै

Featured खेलकुद गण्डकी प्रदेश विशेष समाचार समाज

१० श्रावण २०८० पर्वत स्पोर्टस् हाउस कुश्मा को आयोजनामा खुल्ला तथा सि-लेभल पुरुष डबल ब्याडमिन्टन प्रतियोगिता पर्वत मोदीकाली ब्याडमिन्टन संघको कभर्डहल वडागाँमा आगामी भाद्र ८ र ९ गते हुने भएको छ । जिल्ला खेलकुद विकास समिति, पर्वत र पर्वत मोदीकाली ब्याडमिन्टन संघ, कुश्माको सह-आयोजनामा हुन लागेको प्रतियोगितामा खुला तर्फ नेपालमा २० रैंकिंग भित्रका खेलाडी बाहेकका खेलाडीहरु उक्त प्रतियोगितामा सहभागि हुन पाउनेछन भने सि-लेभल तर्फ साविका धौलागिरी अंन्चल भित्रका खेलाडी र पर्वत मोदीकाली ब्याडमिन्टन संघका आजिवन सदस्य रहि देश भरि रहेका सदस्यहरुले सहभागि हुन पाउने  साथै टिम दर्ता भाद्र ७ गते हुने आयोजक पर्वत स्पोर्टस हाउसका प्रोपाईटर जगदिश सुवेदीले जानाकारी दिनु भयो ।
प्रतियोगताको खुला तर्फ प्रथम पुरस्कार रु ४० हजार, द्वितीय पुरस्कार रु २० हजार र तृतीय पुरस्कार रु १० हजार साथै शिल्ड, मेडल र प्रमाणपत्र रहेको छ भने सि-लेभल तर्फ प्रथम पुरस्कार रु २० हजार, द्वितीय पुरस्कार रु १० हजार र तृतीय पुरस्कार रु ६ हजार साथै शिल्ड, मेडल र प्रमाणपत्र रहेको खेल संयोजक सुनिल थापाले जानाकारी दिनु भयो ।

साथै खुला र सि-लेभल तर्फ प्रथम हुने जोडीलाई हार्नेस जिपलाईन प्रालि कुश्माको तर्फबाट क्लासिक जिपलाईन निशुल्क गराईदिने हार्नेस जिपलाईन प्रालि का संचालक सुनिल बानियाँले बताउनु भयो ।

ब्याडमिन्टन खेलको विकास तथा विस्तार र नयाँ प्रतिभाशली खेलाडी उत्पादन एवम् कुश्माको पर्यटन क्षेत्रको विकासको लागि उक्त प्रतियोगिता हातेमालो गरि आयोजना गर्न लागिएको पर्वत मोदीकाली ब्याडमिन्टन संघ, कुश्माका अध्यक्ष सुनिल भुषालले जानकारी दिनु भयो । साथै खेलाडीहरुको सुविधाको मध्यनजर राख्दै विहानको खाना आयोजकले गर्ने र सबै खेलाडीहरुलाई उक्त खेल खेल्न हार्दिक अनुरोध गरिएको खेल संयोजक राम पुनले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *