पोखरा नेपालको पर्यटन राजधानी घोषणा भएको छ ।

Featured गण्डकी प्रदेश तस्बिर पर्यटन समाचार
पोखरा नेपालको पर्यटन राजधानी घोषणा भएको छ । नेपाल सरकारका सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बाराहीघाटमा आयोजित विशेष समारोहका बिच पोखरालाई नेपालको पर्यटन राजधानी घोषणा गर्नुभएको हो ।
सो अवसरमा विभिन्न सम्मान प्रदान गरिएको छ । प्राकृत पोखराका लेखक वरिष्ठ साहित्यकार, भाषाविद् प्रा.डा मुकुन्द शरण उपाध्याय, भूगोलविद् स्वर्गीय डा.हर्क गुरुङलाई मरणोपरान्त र सुप्रसिद्ध गायक, सङ्गीतकार तथा साहित्यकार स्व.प्रेम प्रकाश मल्ललाई मरणोपरान्त सम्मान प्रदान गरिएको हो ।
पोखरालाई विभिन्न माध्यमबाट चिनाउन महत्त्वपूर्ण योगदान पुर्याउनु भएका उहाँहरूलाई सम्मान प्रदान गरिएको हो ।
घोषणाको पूर्व सन्ध्यामा सांस्कृतिक झाँकी सहितको र्याली गरिएको थियो । उक्त र्यालीमा सयौँ सांस्कृतिक समूहहरूले सहभागिता जनाएका छन् । र्यालीमा सहभागी थामलाम्जा तोँहोदी मादी प्रथम हुँदै नगद रु.२५ हजार पुरस्कार पाएको छ, यस्तै रुपा देउराली नेवा: खल दोस्रो हुँदै नगद रु.२० हजार पुरस्कार प्राप्त गरेको छ ।
र्यालीमा सहभागी महानगरपालिकाको महिला सामुदायिक स्वास्थ्य स्वयमसेविकाहरुको समूह तेस्रो हुँदै नगद रु.१५ हजार र चिउले पार्चे तमु समाज सान्त्वना हुँदै नगद रु.१० हजार पुरस्कार पाएको छ । सांस्कृतिक झाँकी र्यालीमा हजारौँ नागरिकहरूको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *