निजामित कर्मचारी संगठन पर्वतको प्रशिक्षण तथा वनभोज कार्यक्रम सम्पन्न

Featured कर्मचारी विशेष समाचार समाज

१० फागुन, पर्वत । निजामति कर्मचारी संगठनका केन्द्रिय उपाध्यक्ष लेखनाथ कोइरालाले संघिय निजामति ऐन कर्मचारीको मनोबल उच्च पार्ने गरी जारी गर्नुपर्ने धारणा राखेका छन । निजामति कर्मचारी संगठन जिल्ला कार्यसमिति पर्वतले कुश्मामा आयोजना गरेको प्रशिक्षण तथा वनभोज कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले कर्मचारी विरोधी ऐन आउने हल्लाकै कारण कतिपय कर्मचारी राजीनामा दिएर विदेश पलायन हुन लागेको भन्दै ऐन कर्मचारीको मनोबल उच्च बनाउने गरी ल्याउनुपर्ने बताए ।

उनले संघका बाहेक अन्य कर्मचारीलाई निजामति कर्मचारीको परिभाषा गर्न नखोजीएको भन्दै आपत्ति ब्यक्त गरे । कोइरालाले सवै तहका कर्मचारीलाई निजामति कर्मचारी उल्लेख गरिनुपर्ने धारणा राखे । कर्मचारीको सरुवा, पारदर्शी र रोजेको स्थानमा जान पाउने गरी हुनुपर्ने कोइरालाको भनाई छ । कर्मचारीको सेवा सुविधामा कटौती हुनै नसक्ने भन्दै उनले,  ऐन छलफल र सुझाब ग्रहण गरेर ल्याउन सरकारलाई अनुरोध गरे । प्रधानमन्त्री धेरै विषयमा सकारात्मक भए पनि अन्य विचौलीयाका कारण संघिय ऐनका केहि बुँदाहरु असान्दर्भीक रहेको समेत उनले बताए ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख मनोहर वि पौडेलले कर्मचारी र जनप्रतिनिधि वीचको भूमिका विषयमा आफ्नो धारणा राखेका थिए । कार्यक्रममा नेकपा प्रदेश कमिटि सदस्य मेघनाथ सुवेदी, संगठनका केन्द्रिय सदस्य उपाध्यक्ष घनश्याम सापकोटा, कोषाध्यक्ष बखत बहादुर खड्का, केन्द्रिय सदस्यहरु भरत भुषाल, तेजप्रसाद निउरे, दिपक पौडेल लगाएतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

संगठनका जिल्ला अध्यक्ष तेजप्रसाद सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव गौरबदास वैरागी र स्वागत उपाध्यक्ष राधादेवी शर्माले गरेकी थिइन । कार्यक्रममा नवप्रवेशी निजामति कर्मचारीहरुलाई स्वागत समेत गरिएको थियो । उक्त अवसरमा मैत्रीपूर्ण वनभोज कार्यक्रमको समेत आयोजना गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *