काठमण्डौ -५ , सामाजीक सञ्जाल मा मात्र नभई समाजसेवा मा पनी आफ्नो उपस्थिती र सक्रियता देखाउँदै आएको फेसबुक ग्रुप साथ र समय – Togetherness द्वारा हरेक महिना जस्तै यो महिना पनी कार्यक्रम गरेर मनाएको छ काठमण्डौ -५- गोर्कणेश्वर जोरपाटी स्तिथ नयाँ जीवन नेपाल संस्था मा बौद्धिक तथा शारीरिक रूपमा अस्क्त भएका २५ जना बालबालिका संग ग्रुप का १२ जना सदस्य को उपस्थिती मा खाना खाने कार्यकम सँगै दैनिक उपभोग्य सामान पनी उपलब्ध गराएको थियो ।
ग्रुप मा हुने सदस्य को जन्म अवसर पारी विभिन्न माध्यम बाट हुने अनावश्य खर्च को बचत गर्दै सेवा सँगै आत्मसन्तुष्टि अनी खुशी साटासाट भन्दै महिनाको 1 दिन अनाथ , अपाङ्ग , बृद्धा घर मा गई आफु पनी देश र समाज प्रति जिम्मेवार भएको बताउनु भयो ।साथै आगामी दिनमा पनी अझै सक्रिय भई देश को विभिन्न क्षेत्र मा काम गर्ने कुरा ग्रुप को एडमिन टीम बाट जानकारी प्राप्त भएको छ ।कार्यकम को लागी आवश्यक पर्ने आर्थिक रकम ग्रुप कै सदस्य द्वारा स्वो इच्छा ले कार्यकम कै लागी भनेर संकलन गर्ने कुरा ग्रुप को एडमिन रज्नी थापाले जानकरी दिनु भयो ।
अत्यन्तै खुशी को कुरा त १८०० जना सदस्य भएको यस ग्रुप सामाजिक काम मा निकै सक्रिय भई रहँदा काम गर्न मान्छे को हुल हैन भावना र साहस चाहिँदो रैछ भन्ने कुरा प्रष्ट देखिन्छ।