जन्मदिन मनाउने खर्च जोगाएर जापानबाट आफू पढेको स्कुललाई हेमनको सहयोग

विशेष

काठमाडौं । जापानमा रहेका हेमन अधिकारीले जन्मदिन मनाउने खर्चले विद्यालयलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन्। चैत्र २७ गते पर्ने जन्मदिनको खर्च जोगाएर उनले स्कुललाई सहयोग गरेका हुन।

जापानको टोकियोमा अध्ययनरत अधिकारीले धादिङको त्रिपुरासुन्दरी गाँउपालिका–२ मा रहेको चुलीदेवी माध्यामिक विद्यालयलाई १५ हजार बराबरको साबुन,माक्स लगायतका स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन्।

चुनदेवी माविको भूपूविद्यार्थी रहेका अधिकारी धादिङ गंगाजमुना गाँउपालिकाका–७ बुढाथुमवेसीका स्थानीय हुन्। कोरोना संक्रमणको समयमा सहयोग स्वरुप आफूले अध्ययन गरेको विद्यालयलाई सहयोग गरेको उनले बताए।विद्यालयका शिक्षक दिपकराज कँडेलमार्फत उनले यो सहयोग उपलब्ध गराएका हुन्।

शिक्षक कँडेलले विद्यालयका पुर्व विद्र्याथी हेमन २०६९ सालको एसएलसी व्याज रहेको र उनको सहयोगबाट २ हजार थान सर्जिकल मास्क ३२ केएन नाईन्टिफाईभ मास्क, १६ पिस ह्यान्ड सेनिटाइजर र १ सय २८ थान सावुन वितरण विद्र्याथीलाई वितरण गरिएको जानकारी दिए।

हेमनका बुबा बिष्णु वहादुर अधिकारी र आमा मैँया अधिकारीले छारोको गरेको सहयोगबारे जानकारी पाएपछि खुसी व्यक्त गरेका छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *