स्वास्थ्य सम्बन्धि जानकारीका लागि गण्डकी प्रदेश सरकारको ‘गण्डकी स्वास्थ्य’ मोवाईल एप

समाचार सूचना-प्रविधि स्वास्थ्य

कास्की । कोरोना भाइरस (कोभिड–१९)को संक्रमण लगायतका सम्पूर्ण स्वास्थ्य सम्बन्धि जानकारीका लागि गण्डकी प्रदेश सरकारले  मोबाइल एप्स सञ्चालनमा ल्याएको छ । सामाजिक विकास मन्त्रालयअन्तर्गतको स्वास्थ्य निर्देशनालयले ‘गण्डकी स्वास्थ्य’ नामक मोबाइल एप्स सञ्चालनमा ल्याएको हो । मोवाईल एपबाट प्रदेशको स्वास्थ्यसम्बन्धी क्रियाकलाप तथा तथ्याङ्क सर्वसाधारणमा पुर्‍याउने लक्ष्यका साथ एप सञ्चालनमा ल्याईएको मञ्त्रालयले जनाएको छ । एप गुगल प्लेस्टोरबाट डाउनलोड गर्न सकिने निर्देशनालयले जानकारी दिएको छ ।

नयाँ बर्ष २०७७ को अवसर पारेर सञ्चालनमा ल्याईएको सो एपको सोमबार प्रदेश सरकारका सामाजिक विकासमन्त्री नरदेवी पुन मगरले उद्घाटन गरेकी थिईन । प्रादेशिक स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले एप्सको माध्यमबाट सर्वसाधारणसम्म हालसम्म प्रदेशमा भएरगरेका गतिविधि पुग्ने र स्वास्थ्य समस्या आइपरेमा निर्देशनालयमा सम्पर्क गर्न सकिने जानकारी दिए।

android एप्स डाइरेक डाउनलोड गनुहोस ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *