सिंहदरबारभित्रै ‘कामचोर’ कर्मचारी

कर्मचारी समाचार

काठमाडौं। मुलुकको प्रमुख प्रशासनिक निकाय सिंहदरबारभित्रै निजामती कर्मचारीहरू अत्यधिक रूपमा कामचोर देखिएका छन् । समयको महत्व नबुझ्ने र जनताको काम प्रति वेवास्ता गर्ने कर्मचारी सिंहदरवारभित्रै रहेको देखिएको छ । समयमै कार्यालय नआउने र आए पनि हाजिर गरेर टाप कस्ने प्रवृत्ति सिंहदरवारभित्रकै कर्मचारीमा मौलाउँदो छ ।

माथिल्लो तहबाट सशक्त अनुगमन नहुने भएकाले कर्मचारीहरुमा मनोमानी बढेको छ । कर्मचारीमा मनोमानी प्रवृत्ति देखिएको छ । यस्तै समस्या अन्य सरकारी कार्यालयमा पनि छ । कर्मचारीमा कामचोर प्रवृत्ति मौलाउँदै जान थालेपछि प्रधानमन्त्री मातहत रहेको राष्ट्रिय सतर्कता केन्द्रले मंगलबार सिंहदरबारभित्रका विभिन्न मन्त्रालयमा आकस्मिक छड्के जाँच गर्दा त्यहाँको वस्तुगत अवस्था बाहिर आएको हो ।

छड्के जाँचका क्रममा सयौं कर्मचारी बिनाजानकारी अनुपस्थित रहेको पाइएको हो । सतर्कता केन्द्रका अनुसार मन्त्रालयका कर्मचारीहरूले नै नियमको पालना नगर्ने गरेको पाइएको छ । केन्द्रले कार्यालय समयमा गरेको अनुगमनका क्रममा निम्नदेखि उच्च तहका कर्मचारीले अनुशासन उल्लंघन गरेको पाइएको हो । यो समाचार आजको राजधानी दैनिकमा केशवप्रसाद पाण्डेले लेखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *