कुँवर टोल विकास संस्था पाँचौ वार्षिक साधारणसभा तथा नवनिर्मित बाटोको उद्घाटन

Featured समाचार समाज

पोखरा १० – पुष कुँवर टोल विकास संस्था पाँचौ वार्षिक साधारणसभा तथा नवनिर्मित बाटो उद्घाटन समारोह सम्पन्न भएको छ । नवनिर्मित बाटोको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नम्वर ८ का अध्यक्ष रुद्रनाथ बरालले कुँवर टोल विकास संस्थाले गरेका विकास निर्माण तथा सामाजिक कामको खुलेर प्रशंसा गर्नुभयो । उहाँले वडाको तर्फबाट टोल वासीका लागि गर्नुपर्ने कामकामा कहिल्यै पछि नपर्ने बताउनुभयो ।

कार्यक्रममा विश्व हिन्दु महासंघ कास्कीका अध्यक्ष शंकर खरालले संस्थाले गरेको गतिविधिको प्रसंशा गर्दै वडामा कार्यक्रम सञ्चालन गर्न सभाहलको अभाव देखिएको भन्दै सामुहिक सभाहल बनाउन वडालाई आग्रह समेत गर्नुभयो । पोखरा महानगरपालिकाका शहरी गरिवी न्यनीकरण शाखाका विक्तिय अधिकृत सविता ढुङ्गानाले कुँवर टोल विकास संस्था महानगरपालिकाकै उत्कृष्ठ टोल विकास संस्थाको रुपमा आफ्नो पहिचान बनाएको बताउनुभयो । महानगरपालिकाले जुन उदेश्यले टोल टोलमा टोल विकास संस्था स्थापित गरेको थियो त्यसको मर्म र धर्म अनुसार सञ्चालन भएकोमा खुसी व्यक्त गर्नुभयो । वडा सदस्य कृष्णमान ठुसाजुले वडावासीको हितमा वडाले काम गर्ने बताउनुभयो । बोडकाष्टिङ्ग एशोसियसन अफ नेपाल ( बान) का केन्द्रिय महासचिव दुर्गा अधिकारीले टोल विकास संस्थाले साँच्चै नै सामाजिक परिवर्तनका लागि कार्य गरेको भन्दै संचार क्षेत्रको सधै साथ रहने बताउनुभयो ।

कुवँर टोल विकास सस्थाका अध्यक्ष पार्वती पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा नारी परोपकार केन्द्रका अध्यक्ष शारदा गिरी, सामाजिक अभियान्ता सुश्मा पौडेल, कुँवर समाजका अध्यक्ष लालबहादुर कुँवर, सिद्धार्थ क्लवका द्धितिय उपाध्यक्ष तिर्थ श्रेष्ठ, कुँवर टोल विकास संस्थाका सल्लाहकार ज्वाहरलाल कुँवर लगायतले बोल्नुभएको थियो । बाटो निर्माण कार्य १८ लाख जनसहभागिता सहित महानगरपालिकाको सहकार्यमा सम्पन्न भएको हो । कार्यक्रममा बाटो निर्माण गर्ने क्रममा सहयोग पुर्याउने हुने व्यक्ति तथा संस्थालाई पनि सम्मान गरिएको थियो । भवानी आमा समुहका नवनिर्वाचित समिती र आत्मिय जागरण आमा समुहलाई पनि कार्यक्रममा सम्मान गरिएको थियो । कार्यक्रममा सचिवको प्रतिवेदन सचिव राजकुमार श्रेष्ठ र कोषाध्यक्षको प्रतिवेदन कोषाध्यक्ष एकता केसीले गर्नु भएको थियो ।

संस्थाका उपाध्यक्ष गौमान गुरुङ्गले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन आजीवन सदस्य शोभा आर्चाय गर्नुभएको थियो । संस्थाले यस अघि विजुलीपोल र तारको व्यवस्थापन, खानेपानी पाइप लाइन विस्तार, कौशी खेती तालिम, विभिन्न नेतृत्व विकास तथा सरसफाईका गतिविधिहरु गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *