संरक्षण तथा प्रचारको पर्खाईमा सातमुले मन्दिर, कुर्घा पर्वत

Featured पर्यटन विशेष समाचार समाज

२९ जेठ, पर्वत जिल्लामा धेरै धार्मिक, साँस्कृतिक र पर्यटकीय स्थल भएको जिल्ला हो । पर्वत जिल्लाको साविक गाविस कुर्घा, लिमिठाना र ठानमौला को संगम स्थलमा अवस्थित यस ऐतिहासिक पवित्र सातमुले बराह मन्दिर संरक्षण तथा प्रचारको पर्खाईमा रहेको छ । दुई सय भन्दा बढी ऐतिहासिक महत्व बोकेको यस मन्दिर ठुलो पहाडको मुनी बाट सात ओटा मुल निरन्तर बगीरहने सुन्दर मनोरम स्थानमा रहेको छ । मुख्य गरि चैत्र अष्टमी, वडा दशै तथा नयाँ वर्षको अवसरमा यस मन्दिरमा भक्तजनहरुको आगमन हुदै आएको छ ।

हाल महाशिला गाउँपालिका वडा नं. ५, ढाडखर्क मा रहेको आमा समुह तथा स्थानीयहरुको एकल प्रयासमा मन्दिरको भवन स्थापना तथा अन्य संरक्षण कार्यहरु हुदै आएको छ । स्थानीयहरुले मन्दिर एकदमै पहाडको मुनी भिरमा रहेको ले भक्तजनहरुलाई पुजापाठ गर्न तथा मन्दिर सम्म पुग्न कठिन भएको भन्दै मन्दिरको वरिपरि बार बन्देज, गेट निर्माण तथा बाटोको सहज व्यवस्थाको लागि आवश्यक बजेट आवश्यक रहेको कुरा व्यक्त गर्नु भयो । यसलाई थप व्यवस्थित गर्न सकिएमा भक्तजनहरुलाई सहजता प्रदान भई पर्वत जिल्लाकै पर्यटकीय स्थलको रुपमा विकास गर्न सकिने स्थानीयको भनाई रहेको छ ।

मन्दिरमा हाल पुजारीको रुपमा रहेका दत्त शर्माले भक्तजनको भीड हुने हुदाँ भीरबाट लडन सक्ने समस्या रहेको र मन्दिरमा आउदा दिसा पिसाब गर्न शौचालयको व्यवस्था नहुदाँ एकदमै भक्तजनहरु समस्यामा परेको कुरा व्यक्त गर्नु भयो ।

मन्दिरको यस खालको समस्या समाधान तथा मन्दिर संरक्षणको लागि सातमुले आमा समुह, कुर्घाको तर्फबाट युवा संघ नेपाल केन्द्रीय कमिटि सदस्य विमल लामिछाने मार्फत उधोग, पर्यटन, वन तथा वातावरण मन्त्री मानीय विकास लम्साललाई मिति २०७५ साल जेठ ६ गते प्रपोजल पेश गरिएको र सो सम्बन्धमा यस आ.व.मा कुनै योजना नपरेता पनि आगामी आर्थिक वर्षमा योजना पर्ने आशामा सातमुले आमा समुह रहेको आमा समुहका सदस्यहरुले बताउनु भयो ।