विष्णु तिमिल्सिना स्मृति सेभेन ए साइड फुटबल प्रतियोगिता जारी

Featured खेलकुद समाचार

पोखरा, १० पुस । विष्णुपादुका क्लब हेमजाको आयोजनामा सञ्चालन भएको दोस्रो विष्णु तिमिल्सिना स्मृति हेमजा सेभेन ए साइड फुटबल प्रतियोगितामा मंगलबार छ खेल सम्पन्न भएको छ ।

मंगलबार भएको पहिलो खेलमा सेभन एट गाइजले युनिक एफसीलाई ३–० ले पराजित ग¥यो । सेभेन एट गाइजको तर्फबाट सन्तोष गुरुङले दुई र शंकर थापाले एक गोल गरे ।

दोस्रो खेलमा माटेपानी एफसीले याम्दी एफसीलाई २–० ले पराजित ग¥यो । माटोपानी एफसीको तर्फबाट लाउइस गुरुङ र अर्जुन गुरुङले एक÷एक गोल गरे । तेस्रो खेलमा संगम एफसी र आर एस एफसी बीच निर्धारित समयमा दुवै तर्फबाट गोल हुन नसकेपछि संगम ले आर एस लाई ट्राइवेकरमा ४–३ ले पराजित ग¥यो ।

चौथो खेलमा आयोजक विष्णु पादुका पहेलोले बाटुलचौरलाई २–० ले पराजित ग¥यो । उक्त खेलमा विष्णु पादुकाका सागर कार्र्की र मुकेश श्रेष्ठले एक÷एक गोल गरे ।

पाँचौ खेलमा भलाम एफसीले एनसी गाइजलाई २–० ले पराजित ग¥यो । भलाम एफसीको तर्फबाट अमृत खत्री र नरेश केसीले एक÷एक गोल गरे ।

मंगलबार भएको अन्तिम खेलमा एकता लालिगुँरास र फेदी एफसीबीच निर्धारित समयमा गोल हुन नसेकेपछि ट्राइवेकरमा एकताले फेदीलाई ४–३ को गोल अन्तरले पराजित ग¥यो ।

बुधबार दोव्रे एफसी र दिव्यदृष्टि, साझा एफसी र भदौरे एफसी, मालेपाटन एकेडेमी र वि–१३, फो टु फायव र तारा एफसी तथा अन्तिम खेल एलजी एशोसियसन र एल सी व्रोदर्सबीच हुने विष्णु पादुका क्लबका उपाध्यक्ष सुविन श्रेष्ठले जानकारी दिए ।

विष्णु पादुका फुटबल एकेडेमीको सहयोगार्थमा भएको उक्त प्रतियोगिता विष्णु पादुका खेल मैदान पोखरा–२५ हेमजामा सञ्चालन भएको छ । प्रतियोगिता पुस १४ गते सम्म चल्ने छ ।

‘मैत्रीभाव तथा स्वास्थ्यका लागि खेलकुद’ भन्ने मुल उद्घोषका साथ युवाहरुलाई रचनात्मक कार्यमा संलग्न गराउँदै राष्ट्रको खेलकुद विकासमा टेवा पु¥याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा प्रथम टिमलाई १ लाख ११ हजार १ सय ११ ट्रफी, मेडल र प्रमाण पत्र तथा दोस्रो हुने टिमलाई ५५ हजार ५ सय ५५ ट्रफी मेडल र प्रमाण पत्र रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *