दुर्घटनामा परेका निजामती कर्मचारीहरुको आधिकारिक ट ट्रेड युनियनका अध्यक्षको सफल सल्यक्रिया ः

समाचार
निजामती कर्मचारीहरुको आधिकारिक टे«ड युनियनका अध्यक्ष पुण्य प्रसाद ढकाल सवार बा.१ज. ५१२९ नंम्बरको सरकारी गाडी इनरुवाबाट काठमाडौ फर्कने क्रमममा भकुन्डेबेसि भन्ने ठाउमा बिहबार राति १ः३० बजे तिर दुर्घटनाग्रस्त भएको छ । उनको बाया हातमा चोट लागी फयाक्चरण्ड भएको छ भने खुट्टामा पनि चोट लागेको छ । घटनास्थलबाट स्थानिय प्रशासनको सहयोगमा उनीलाई एम्बुलेन्सबाट काठमाडौको बानेश्वरस्थित निजामती अस्पतालमा ल्याइएको थियो । प्रारभ्भिक उपचार र घाउको परिक्षण रिपोर्टका आधारमा शुक्रबार नै आपतकालीन उपचारबाट उनको हातको ३ घण्टालामो गंम्भिर सफल सल्यक्रिया गरिएको छ । उनि सँगै गाडीमा सवार नेपाल निजामती कर्मचारी संगठनका केन्द्रिय उपाध्यक्ष बैकुन्ठ गुरागाईको पनि छातिमा चोट लागेको छ ,उनीलाई आकस्मिक कक्षमै राखेर उपचार गरिदै छ भने गाडीका चालक मधु के.सी.लाई कुनै चोट पटक लागेको छैन ।
अध्यक्ष ढकालको सल्यक्रियाका लागी निजामती अस्पालतका प्रमुख डा. दृघ सिंह आर सि र अर्थोपेडिक्स युनिटका बरिष्ठ चिकिस्तक डा.कपिलमणी के.सी.को टोली दिन भरी तैनाथ छ । शुक्रबारको सल्यक्रिया पश्चात उनलाई तेस्रो तल्लामा रहेको एस.आईसियु कक्षमा राखिएको छ ।
उनको दुर्घटनाको खबर सुन्ने बित्तिकै निजामती अस्पतालमा भेटनेको संख्या अन्त्यन्त उल्लेखनिय थियो । भिड नियन्त्रण गर्न गेटपालेहरुलाई हम्मे हम्मे भएको थियो । उनका शुभेक्षुक ,आफन्त ,कर्मचारीहरु ,बिशिष्ट ब्यक्तिहरु, मन्त्रि,सांसद,पत्रकार ,संचारकर्मीहरुको खचाखच भिड थियो । भि.आई.पि.कक्षको अभाब र बिशिष्ट ब्यक्तित्वको छुट्टै वार्डको ब्यबस्था अस्पताल प्रशासनले गर्न सकेको देखिदैन । उनको आईतबारको राउन्ड टोलीको निरीक्षण पश्चात जनरल वार्डमा लान सकिने र करिब १ हप्ता भित्र डिसचार्ज हुन सक्ने कुरा निजामती कर्मचारीहरुको आधिकारिक टे«ड युनियनका कार्यालय सचिब पुरुषोत्तम भट्टले जानकारी गराउदै शुभचिन्तकहरुलाई धैर्य धारण गर्न आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *