असहायलाई तातो भात र न्यानो निन्द्रा बाँढ्दै समृद्धि सेवा समाज !

Featured समाचार

बागलुङ । बागलुङ जिल्लाको जैमिनी नगरपालिका वडा नम्बर ८ मा रहेको वाइनकुनामा एकै परिवारमा ३ छोराहरु मनबहादुर थापा, कर्न बहादुर थापा, खगबहादुर थापा जन्मजात नै अपाङ्गता रहेका छन । दुखसुख उनका वुवा बलबहादुर थापा र आमा लक्ष्मी देबि थापाले अहिलेसम्म पालनपोषण गरिरहनु भएको छ । साच्चै आमा वुवा भगवानका रुप हुन्छन भन्ने उदाहरण नै यहि हो ।

दुखको यो घडिमा समृद्धि सेवा समाज नामक गैर सरकारी सस्थाले बुधबार उनिहरुको निवासस्थानमा नै गएर ५ बोरा चामल, २५ किलो दाल, २० लिटर तेल, १० किलो नुन, ५ वटा शिरक, ५ वटा हाइनेक, ५ वटा ज्याकेट, ५ वटा सुरुवाल, ५ वटा ट्राउजर, ५ वटा टोपी, १० जोर मोजा, नुहाउने र लुगा धुने साबुनहरु र प्रती शारीरिक असक्तता भएका व्यक्तिलाई २००० का दर ४ जनालाई आर्थिक सहयोग गर्नु भएको छ । कार्यक्रममा वडा अध्यक्ष इन्द्र राज पौडेल, सस्थाका अध्यक्ष सोम माया तिलिजा पुन, उपाध्यक्ष रोशन डागीँ, सह सचिव दुर्गा कुमारी सिटौला, सदस्य कमल देउजाको उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै सोम माया तिलिजा पुनले हामिले विभिन्न बिदेशी नेपाली सहयोगी मन हरुबाट केही न केही सहयोग लिदै र सस्थाका सदस्यहरुले आफुले अनावश्यक खर्छ गर्ने केही रकमलाई सामाजिक कार्यमा लगाएको र यस्ता कार्यहरु यश अगाडिपनी गर्दै आएको र आगामी दिनमा जुन सुकै स्थानमा समस्या पर्दा आफ्नो सस्थाले सहयोग गर्ने प्रतिबद्धता गर्नु भएको छ ।

वडा अध्यक्ष इन्द्र राज पौडेलका अनुसार आफुहरु सरकारी तवरबाट सहयोग गर्न चाहेता पनि यस्ता कार्यहरुलाई निरन्तर दिन नसकेकाले यस्ता खालका सहयोगी सस्थाहरुले गरेको कार्यलाई मन देखिनै सम्मान गर्ने र आवश्यक सहयोग समेत गर्ने बताउनु भएको छ ।

वुवा बलबहादुर थापाले भावुक हुँदै अफुले पाएको ४ ओटा छोराहरु मध्ये ३ ओटा नै शारीरिक अशक्त भएको र एउटा छोरा बिदेश रहेको बताउदै दुख सुख जे गरेर भएपनी आफ्नो बालबच्चालाई सधै श्याहारसुशार गरेको र कसैले यसरी सहयोग गर्न नआएका कारण आउनु भएका दाताहरुलाई भगवानकै रुप पाएको बताउनु भएको छ ।आफुले सकुन्जेल त सेवा गर्ने तर नसक्दाको क्षणमा कसले गर्छ भन्दै गहभरि आँसु पारे वुवा बलबहादुरले ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *