हलहले आधारभूत विद्यालयको वार्षिकोत्सव पुर्व मन्त्री गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न

Featured गण्डकी प्रदेश राजनीति विशेष शिक्षा समाचार

मोदी पर्वत, २१ मंसिर, २०८१ मोदी गाउँपालिका वडा नं ४ मा रहेको हलहले आधारभूत विद्यालयको ६३ औं वार्षिकोत्सव तथा अभिभावक दिवस एवम् पुरस्कार वितरण समारोह पुर्व मन्त्री एवम् प्रतिनिधि सभा सदस्य माननीय पदम गिरीको प्रमुख आतिथ्यतामा भव्य कार्यक्रमका बीच सम्पन्न भएको छ । मोदी गाउँपालिकाको पर्यटकीय स्थल हलहलेमा रहेको उक्त आधारभूत विद्यालयको वार्षिकोत्सव कार्यक्रममा मोदी गाउँपालिकाकी अध्यक्ष हिरादेवी शर्मा तथा उपाध्यक्ष विमल लामिछाने लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा हलहले आधारभूत विद्यालयमा अध्ययन गरी हाल निजामती लयायतका क्षेत्रमा कार्यरत पुर्व विद्यार्थी एवम् विद्यालयको श्रीवृद्धिको लागि सहयोग गर्नुहुने अभिभावकहरुलाई सम्मान पनि गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जंगबहादुर पुन(बुद्ध) ले जानकारी दिनु भयो ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै पुर्व मन्त्री पदम गिरीले गाँउमै शिक्षाको गुणस्तरलाई चुस्त बनाउदै साना बालबालिकाको शिक्षाको जग बसाल्न सबैले लगानी गर्नु पर्ने बताउनु भयो । त्यसै गरि मोदी गाउँपालिकाका अध्यक्ष हिरादेवी शर्मा, उपाध्यक्ष विमल लामिछाने, वडा अध्यक्ष मोहनसिंह चोचांगी, शिक्षा अधिकृत दिनेश शर्मा पौडल लगायतले शुभकामना मन्तव्य राख्दै शिक्षा क्षेत्रको विकासको लागि सबै जिम्मेवारी बन्नु पर्ने र हलहले आधारभूत विद्यालयको कुशल नेतृत्वले गर्दा विद्यालयको शैक्षिक वातावरण उत्कृष्ट रहेको बताउनु भयो ।

विद्यालयको भौतिक पुर्वाधारको अवस्था जिर्ण रहेकाले तत्काल सुधार गरि साना बालबालिकाको लागि बालमैत्री धारो, कम्प्युटर कक्षा संचालनका लागि पहल गर्दै आएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जंगबहादुर पुन(बुद्ध) ले बताउनु भयो । यसका कार्यका लागि सबैले आफ्नो क्षेत्रबाट सकारात्मक पहलकदमीका लागि पनि अध्यक्ष पुनले आग्रह गर्नु भयो ।

कार्यक्रममा चर्चित लोकदोहोरी गायक कृष्ण अंखेली र सुदिप क्षेत्रीले आफ्नो प्रस्तुती राख्दै सांगेतिक माहोल मार्फत सबैलाई मनोरञ्जन प्रदान गर्नु भएको थियो । साथै विद्यालयमा अध्ययनरत छात्रा, छात्र र शिक्षकशिक्षिकाहरुले पनि आफ्नो प्रस्तुती राख्नु भएको थियो ।

फोटो फिचर

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *