बागलुङ बिनामारे पोखरा सम्पर्क समाजको दोस्रो साधारण सभा तथा रमाइलो बनभोज कार्यक्रम सम्पन्न

समाचार समाज

पोखरा फाल्गुन   ३,  बागलुङ बिनामारे पोखरा सम्पर्क समाजको दोस्रो साधारण सभा तथा रमाइलो बनभोज कार्यक्रम सम्पन्न , बागलुङ जिल्लाको जैमिनी नगर पालिका वडा न ५ बिनामारे बाट पोखरा आइ बसोबास गरेकाहरुको साझा समाज बागलुङ बिनामारे पोखरा सम्पर्क ले आफ्नो दोश्रो साधारण सभा तथा बनभोज कार्यक्रम एक समारोह का बिच पोखरा ११ कार्कीडाडा मा सम्पन्न गरेको छ ।

समाजका अध्यक्ष झलक शर्माको अध्यक्षता मा भएको कार्यक्रममा उपाध्यक्ष महेन्द्र के सि को स्वागत मन्तव्य बाट अगाडि बढेको कार्यक्रमका अथिती बागलुङ समाज पोखराका उपाध्यक्ष सुनिल पाण्डे ले आफ्नो आफ्नो एरियाबाट एकजुट भएर नै भाइचाराको सम्बन्ध स्थापित गर्न सकिने कुरा बताउनुभयो बिनामारेले समाज छोटो समयमा धेरै राम्रा कार्यक्रम गरि लोकप्रिय बनेको उल्लेख गर्दै पोखरामा रहेका सबै बागलुङका समाज बागलुङ समाज पोखरामा आबद्ध हुन आग्रह गर्नुभयो । उक्त कार्यक्रम मा कोषाध्यक्ष जयराम आचार्यले आर्थिक प्रतिबेदन ,सचिब टेक थापाले कार्यप्रगति प्रतिबेदन प्रस्तुत गरेका थिए भने सल्लाहकार नारायण आचार्य , नर बहादुर मल्ल,कृष्णकला के सि , बिनोद शर्मा ,सुनिल के सि लगायतले शुभकामना दिएका थिए ,समाजका अध्यक्ष झलक शर्माले समाजका आगामी कार्यक्रम बिनामारे केन्द्रित हुने र सबैलाई समेटेर अगाडि बढ्नुको विकल्प नभएको बताउदै उपस्थित सबैलाई धन्यवाद व्यक्त गर्नुभयो भने उक्त कार्यक्रम संचालन सचिब टेक थापा ले गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *