बागे पोखरा सामुदायिक मिलन चौतारिको पन्ध्रौ साधारण सभा तथा सातौ अधिवेशन सम्पन्न अध्यक्ष मा नरहरि पनेरु निर्बिरोध निर्बाचित

Featured समाचार

बागे पोखरा सामुदायिक मिलन चौतारि का अध्यक्ष चन्द्रा गुरुङको अध्यक्षता तथा सस्थाका जेस्ठसदस्य श्री पुर्ण बिर गुरुङ्को प्रमुख आतिथ्यता भएको कार्यक्रम मा बिशेष अतिथि फेदिखोला गा पा वार्ड न ५ का वार्ड अध्यक्ष डिल ब गुरुङ ले पोखरा रहेरपनि आफ्नो जन्मभुमि प्रति अथाह माया गर्ने सस्थाले बिगतमा भन्दा अझै राम्रो र गाउकेन्द्रीत कार्यक्रम गर्न उत्प्रेरित गरेका थिए त्यसैगरि बुद्दि ब गुरुङ धर्मदत्त तिमिल्सिना प्रेम ब क्षेत्री, चिजा गुरुङ बिल ब गुरुङ कृस्ण बहादुर क्षेत्री खड्क गुरुङ लगायत ले सस्थाको उद्देस्य अनुसार सामाजिक कार्य गर्दै आइरहेको र यसलाइ निरन्तरता दिदै सस्थालाइ अझै उचाइमा पुर्याउन नया निर्बाचित समिति लाग्नुपर्ने बताएका थिए भने स्वागत नरहरि पनेरु तथा सन्चालन चेतनदास शर्माले गरेका थिए ।

 

दोश्रो सत्रको अधिवेशन निर्बाचन मण्डलका सम्योजक गुरुङ कृस्ण ब क्षेत्री सदस्य बुद्दि ब गुरुङ धर्म दत्त तिमिल्सिना रहेको निर्बाचन मन्डल ले सस्थामा आबश्यक भन्दा कसैको बढि उमेदवारी नपरेको हुदा अध्यक्ष मा नरहरि पनेरु त्यसैगरि प्रथम उपाध्यक्ष चेतनदास शर्मा द्दितिय उपाध्यक्ष सिता शर्मा सचिब राजकुमार क्षेत्री सहसचिब बिक्रम (नर बहादुर ) क्षेत्री कोशाध्यक्ष राम प्रसाद लामिछाने सदस्यहरुमा प्रेम ब बिक , डासिराम क्षेत्री , देउ बहादुर क्षेत्री , ठग ब गुरुङ, ज्ञानु क्षेत्री, मनकाजि सुनार, सु खड्क ब गुरुङ निर्बाचित भएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *