सांसद पदम गिरीले संसदमा उठाएको विषयको प्रभाव ECD शिक्षकको सेवा सुविधा बढयो

Featured राजनीति विशेष समाचार समाज

जेठ १६, काठमाडौं,
सार्वजनिक विद्यालयका प्रारम्भिक बालविकास केन्द्रका सहयोगी कार्यकर्ता(ECD) र विद्यालय कर्मचारीहरुको नेपाल सरकारले अन्य कर्मचारी र शिक्षक सरह पोशाक भत्ता उपलब्ध गराउने भनि नेपाल सरकार मन्त्रिपरिषदको मिति २०७६-०३-१२ गतेको वैठकबाट निर्णय भएको छ ।

ECD र विद्यालय कर्मचारीहरुको नेपाल सरकारले अन्य कर्मचारी र शिक्षक सरह पोशाक भत्ता उपलब्ध गराउने भनि नेपाल सरकार मन्त्रिपरिषदको मिति २०७६-०३-१२ गतेको वैठकबाट निर्णय पत्र

पर्वतबाट निर्वाचित प्रतिनिधि सभा सदस्य माननीय सांसद पदम गिरीले संसदको शुन्य समयमा ECD शिक्षकको तलब भत्ता र अन्य सुविधा बढाउनु पर्ने भन्दै सम्माननीय सभामुख मार्फत नेपाल सरकारको ध्यानकर्षण गराएका थिए ।
यस निर्णय भए लगत सार्वजनिक विद्यालयका प्रारम्भिक बालविकास केन्द्रका सहयोगी कार्यकर्ता(ECD) र विद्यालय कर्मचारीहरु खुसी भएको प्रतिक्रिया दिदै माननीय सांसद पदम गिरी प्रति खुसी र धन्यवाद प्रकट गरेको प्रतिक्रिया दिएका छन ।

ECD शिक्षकको तलब भत्ता नबढेको विषयमा संसदको शुन्य समयमा आफ्नो भनाई राख्दै माननीय सांसद पदम गिरी

यता माननीय सांसद पदम गिरी सँगको छोटो संम्वादमा तपाईले संसदमा ECD शिक्षकको तलब र अन्य सुविधा को बारे मा उठाएको विषय बस्तुबारे नेपाल सरकारले सम्बोधन गरेछ नि भन्ने प्रश्नमा माननीय सांसद पदम गिरीले प्रतिक्रिया राख्दै हरेक समसामयिक र जायज समस्याको विषयमा मैले संसदमा कुरा राख्दै आएको र सोको नेपाल सरकारले सम्बोधन गरेकोमा नेपाल सरकारलाई धन्यवाद व्यक्त गर्नु भयो ।

ECD शिक्षकको तलब भत्ता नबढेको विषयमा संसदको शुन्य समयमा आफ्नो भनाई राख्दै माननीय सांसद पदम गिरी

Posted by पदम गिरी- पर्वतकाे समृद्धि on Wednesday, June 19, 2019

Leave a Reply

Your email address will not be published. Required fields are marked *