सम्झौता कार्यान्वयन भएको छैनः डा केसी

Featured विशेष समाचार

धनगढी, १६ मङ्सिर ः प्रा डा गोविन्द केसीले सरकारसँग विगतमा भएको सम्झौता कार्यान्वयन नभएको गुनासो गर्नुभएको छ ।

यहाँ आज आयोजित पत्रकार सम्मेलनमा केसीले कैलालीमा निर्माणाधीन गेटा मेडिकल कलेजको भौतिक पूर्वाधार निर्माणको काम सन्तोषजनक रहेको बताउनुभयो । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा पनि मेडिकल कलेज आवश्यक रहेको भन्दै डा केसीले भन्नुभयो, “डोटी वा डडेल्धुरामा पनि मेडिकल कलेज स्थापनाको पहल गर्नुपर्छ ।” डा केसी बझाङमा स्वास्थ्य शिविर सञ्चालन गर्न केही दिनअघि सुदूरपश्चिम प्रदेश आउनु भएको थियो ।

 

-(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *