श्री पशुपतिनाथ विरुद्ध सार्वजनिक रुपमा गरेको अभद्र टिप्पणीमाथि विश्व हिन्दू परिषद नेपालको गम्भीर ध्यानाकर्षण

Featured समाचार

राजनैतिक विरोध र्यालीको क्रममा मिति २०७७ माघ २८ गते काठमाडौंमा नेकपाका रघुजी पन्त लगायतका नेताहरुले नेपालीहरुको अराध्य देव भगवान श्री पशुपतिनाथ विरुद्ध सार्वजनिक रुपमा गरेको अभद्र टिप्पणीमाथि विश्व हिन्दू परिषद नेपालको गम्भीर ध्यानाकर्षण भएको छ ।

बहुसंख्यक नेपाली जनताको आस्था एवं मनोभावना माथि ठाडो प्रहार गर्दै भगवान श्री पशुपतिनाथ विरुद्ध सार्वजनिक रुप मै अभद्र टिप्पणी गर्नु अक्षम्य, निन्दनीय एवं दुर्भाग्यपूर्ण रहेको छ .

Leave a Reply

Your email address will not be published. Required fields are marked *