नुमनाथ प्याकुरेल
जगतमा काम नलाग्ने बनस्पति नभए जस्तै, समाजमा काम नलाग्ने मानिस पनि हुदैनन् तर धेरै समाजहरुमा सम्योजन गर्न सक्ने योजक पाउन चाहिँ गाह्रो छ । नेपाली समाजमा नस्लिय बिभाजन र राजनीतिक पहिचानको मुद्धा कसले कुन उदेश्यले छिरायो ? नश्लिय बिभाजन गरेर, घृणाको खेती कसले कुन अभिष्ट पुरागर्न प्रवेश गरायो ? समस्याको पहिचान त सबैले गरिरहेका छन् तर जात, जनजात, प्रादेशिक समुदाय, धार्मिक सम्प्रदाय, लैङिक, आर्थिक तथा समाजका अन्य विशेषताका आधारमा, एकअर्कालाई प्रतिस्पर्धी र प्रतिद्वन्द्वी ठहर्याउन, विभिन्न नाम, साईनबोर्ड राखेका बिदेशी बिधर्मी प्रतिमानका मतियारहरुले सबैका बिरुद्ध सबैको घृणा किन विकसित गरिँदैछ, समयमै चिन्तन गरौँ । बिदेशी बिधर्मिको चास्नी चाट्ने लोभी, स्वार्थी, पापी दृष्टिकोण त्यागौँ र नेपाली समाजको प्राचिनता बाट अविच्छिन्न भएको मुलधारको सहृदयात्मक संस्कृति अवलम्बन गरौँ र अंगालोमा राखेर सुम्सुम्याउँदै मुसार्दै कोखामा छुरी हन्ने नेपाली समाजको खास दुस्मन चिन्न अबेर नगरौँ ।
संसारका सबै समाज समस्यामा छन् । हाम्रो जस्तो समस्या तिनको नहोला तर सबै आआफ्ना समस्याहरुलाई पहाड जत्रै ठूलो ठानेर किकर्त्यविमोढमा अनिर्णयको बन्दी बन्नेकी ? सवै बैचारिक जालहरु तोड्दै, बिदेशी बिधर्मी प्रतिमानको माखे साँङ्लो भत्काउँदै, आफ्नै विवेक र स्वकृयात्मक अग्रसरतामा समाजमा व्याप्त समग्र समस्याहरु पहिचान गर्दै, नेपाली समाजको समन्वित संस्कृति बिकास गर्न, स्वकृयातमक अग्रसर बनौँ । समाजका विद्यमान समस्याहरू जातिय नश्लिय कित्ताकाट गरेर, प्रतिकृयात्मकता तथा प्रतिद्वन्द्वीता संस्थागत गर्दै, बिदेशी बिधर्मीको स्वार्थी अभिष्ठ पूरा गर्न एक्लाएक्लै समस्याहरूको पहिचान गर्न अस्वस्थ प्रतिस्पर्धा हैन, समाजका साझा समस्याहरूको पहिचान गर्न, अलि नजिकनजिक सरौं ।
राज्यराष्ट्र राजनीति तन्त्रको व्यवहारिक कार्यान्वयन संगै, विदेशी विधर्मी प्रयिमान प्रतिरक्षात्मक अवस्थामा पुग्ने र नेपालमै उत्त्पति र केन्द्रीयता भएका वैदिक सनातन सभ्यताहरुको निर्णायकत्व स्थापित हुने कुरामा आसा राखौं र आत्मविश्वासी बनौं ।
जातिय विभेद अन्त्य गर्न थरको वहस व्यर्थ र निरर्थक हो । जातीय जटिलताको समस्या जातको मात्रै कारण देख्नु, बलात्कारको कारण पोसाक र अपराधको कारण रक्सिमा देखाएर बिषयान्तर गरेजस्तो मात्रै हो । विविधता हाम्रो पहिचान हो र विविधता कायम राखेरै शोषण र विभेदको अन्त्य गर्न हामिले विवेक लागाउनु श्रेयस्कर हुन्छ । आफ्नो मौलिकता र रैथाने संस्कृति बाट बिच्छिन्न, आर्थिक रुपमा बिपन्न, शिक्षाको प्रकासबाट बन्चित, समाजको मुलप्रवाहिकरणबाट सीमान्तकृत बाहुनको जात माला लाउने कि, कन्दनी बान्ने हो ? शिल्पी समुदायको परम्परागत प्रविधि, ज्ञान र शिल्पको गुणात्मक बिकास गर्न सक्ने हो भने, शिल्पी/दलित समुदाय समाजमा ब्राह्मणको भन्दा सुधृढ सामाजिक हैसियतमा पुग्ने सुनिस्चित हुन्छ ।
जातिय बिभेधको समस्या वास्तविकता भन्दा, बढी प्रचार गरिएको छ । जातिय वर्गीकरणको सन्दर्भ र प्रसंग आधुनिक समाजमा नमिल्दा अलि अनौठो र उदेकलाग्दो देखिएको मात्रै हो । वैभिन्य जात, जाति, जनजातिका बिचको भिन्नताको तिललाई पहाड बनाउने तर पारस्परिकताको महासागर नदेख्ने प्रवृति अझ खतरनाक छ । जात, जाती र जनजातीको बहसमा, नश्लिय पहिचानले प्रश्रय पाउने तर साँस्कृतिक पहिचान नजरअन्दाज गर्ने प्रवृति अझ कहालीलाग्दो बन्दैछ ।
जातिय विभेद तथा बिभेदमा आधारित छुवाछूत बाहिरियाहरुको चलखेल नहुँदो हो त, दसकौँ पहिकालानै उन्मुलन र अन्त्य हुन्थ्यो तर जातिय घृणा र नश्लिय हिंसा मच्चाएर नेपाली समाजको आधारशिला उजाडेर, समाजलाई भुइँफुट्टा तुल्याउन कृयाशिल बिदेशी बिधर्मी प्रतिमानका भाडाका स्यालहरुको पहिचान गर्न ढिला भयोभने, न मर्छ साप, न रहन्छन् लाठी । भावनामा बहकिएर र शत्रुको वैचारिक जालमा परेर समाजका समस्या किटान गर्न अबेर नगरौँ र समस्याहरुको स्थिती-गत्यात्मक समाधान गर्न स्वकृयात्मक अग्रसर पनि बनौँ ।
चेतना नै स्विकार्य परिवर्तनको पुर्वाधारहरु हो र त्यो व्यक्तिको दिमागनबाट सुरुहुन्छ । राज्यको सम्रचना, सामाजिक साँस्कृतिक गति, जीवनको उद्देश्य र मानवीय मनोविज्ञान नै बिचलित तुल्याई दिएर, बिदेशी बिधर्मी प्रतिमानको रजाइँ चलेको बेला, आफ्ना र पराइ छुट्यान गाह्रो पक्कै छ तर असम्भव छैन।
बिधर्मीहरुले भनेजस्तो जातिय विभेद भनेजस्तो जातिय विभेद जन्मको मात्रै अथवा, वंसको मात्रै अथवा, धर्मको मात्रै अथवा, आर्थिक मात्रै अथवा अन्य कुनै एउटा मात्रैको कारणले समाजमा व्याप्त भएको हौन अन्य धेरै कारणहरु जिम्मेवार छन् । चेतना नै स्विकार्य परिवर्तनको पुर्वाधारहरु हो र त्यो व्यक्तिको दिमागनबाट सुरुहुन्छ । राज्यको सम्रचना, सामाजिक साँस्कृतिक गति, जीवनको उद्देश्य र मानवीय मनोविज्ञान नै बिचलित तुल्याई दिएर, बिदेशी बिधर्मी प्रतिमानको रजाइँ चलेको बेला, आफ्ना र पराइ छुट्यान गाह्रो पक्कै छ तर असम्भव छैन। राज्यको अभिभावकिय भुमिका सिमान्तकृत जाति, जनजाति तथा प्रादेशिक जनसमुदायको सशक्तीकरण गरेर सामाजिक मुल प्रवाहिकरणमा ल्याउने हो भने, सुद्र/दलित/शिल्पी भनिएको समुदाय त्यही साँस्कृतिक पहिचानमा गौरव गर्न सक्ने स्थिती हुन्छ र हुनुपर्छ ।
बर्षौँ देखि जरागाडेर बसेको सामाजिक बिकृती, यति सजिलोसँग निर्मुल हुँदैन, त्यो पक्का हो तर निर्मुल हुँदैन भनेर, प्रयास नै नगर्ने भन्ने पनि हुन्छ र। अक्सिजन दिन्छ भनेर, बनमाराझारलाई गोडमेल गरेर हुर्काउने कि? देव, ऋषि र पित्री ऋण तिर्न स्वकृयात्मक अग्रसर बन्ने हो ? हो नेपाली समाजमा संकृणता, पछौटेपन, परनिर्भरता हुनु समस्या र झमेला नमानौ, त्यस्तो स्थिती अवसर र समभावना पनि हो । माग्न हात फैलाएरै जीविका चल्छ भनेर सोच्ने नेतृत्वलाई राज्यको बागडोर सुम्पेर न हामी समस्याहरुको चाङ घटाउन सक्छौं न कपुतन्तृय फोहोरको डंगुर सफा गर्न सक्छौं । केन्द्रिय नेतृत्व त स्वेच्छाचारी छँदैछ, स्थानीय नेतृत्व पनि समाज रुपान्तरणमा हैन, निकट निर्वाचनको रणनीतिमा केन्द्रित छन् । चेतनाको स्तर सबैको उच्च भएको भए आज विकृति/विसंगति विरुद्ध हैन, समाजको चौतर्फी बिकासका लागि सोच्न व्यस्त हुन्थयौँ।
यहाँ समस्या उजारेर राजनीतिक लाभ लिनेहरुको भिड छ । समस्या समाधानका लागि सत्तालिप्स भएका राजनीतिक दलहरु कृयाशिल छैनन् । बिरोध गर्नेहरु पनि प्रतिकृयात्मक र प्रतिषोधमै तल्लिन छन् । समस्याको गाम्भिर्यतालाई बुझेर समाजको प्रवर्धन गर्नेहरु यिनै विकृति र विसंगतिकै विचमा रुमल्लिएका छन् । फुलेको आँखामा फुलै संसार भने जस्तै, विकृति र विसंगती मात्रै खोज्ने हो भने समस्याका पहाडहरु हाम्रा अघि देखापर्दछ्न् । अझै नियालेर हेर्ने हो भने कालो वादलमा चँदिको घेरा पनि देखिन्छ । ईतिहास सभ्यता/असभ्यता, प्रेम/घृणा, शान्ती/द्वन्द यसैगरी वित्यो । प्रतेक परिवर्तन ले नयाँ वैचारिक शक्तिलाई सत्ता र शक्तिमा इस्थापित गर्दछ ।
सकारात्मक विचार फलाकेर, भिडको मनोबिज्ञान हेरेर, र चिप्ला कुरा गरेरमात्र समाजको परिवर्तन र रुपान्तरण सम्भव छैन । युग सुहाउँदो दर्शन, सिद्धान्त, बिचार, दृष्टिकोण, कार्य पद्धति, संगठन सम्रचना, संगठन पद्धति र लक्ष्य हासिल गर्न निस्काम कर्म अपरिहार्य हुन्छ ।
हाम्रो इतिहासका विभिन्न कालखण्डमा कुनै शक्ति निरंकुश बन्यो होला तर निरंकुशता सबै समाजका पर्याय हुन् । इतिहास बाट पाठ सिक्ने हो तर इतिहासको बन्दी बन्ने हैन । निरंकुशता ले नै विकृति संस्थागत गर्यो भनेर इतिहासलाई लल्कारेर आज हामीले पाएको अवसरलाई आरोपप्रत्यारोप, प्रतिकृयात्मक बनेर, एकाअर्का प्रति घृणा संस्थागत गरेर अमुल्य समय खेरफाल्ने हो र ?
सामाजिक प्रकृयामा स्वभाविक ढंगले स्तरिकरण हुन्छन् । वर्ग निर्माण हुन्छ र शोषणको अभ्यास हुन्छ । स्वभाविक हो, त्यो जन्मजात हुनुहुदैनथ्यो । हलेदो जति कोट्याए पनि पल्टिने हलेदो नै हो । आज हामिमा चेतना आयो । विकृति र विसंगति बिरुद्ध ऐक्यबद्ध छौँ । समस्या पहिचान र समाधानको उपायमा सबैको स्वामित्व छ । जाग्नेहरुले नै हो अरुलाइ जगाउने । आरोप प्रत्यारोपण गरेर समस्या लाई जाटिल नबनाउँ, सुन्दर भविष्य निर्माण गर्नु पर्ने भएकाले प्रेम, सद्भाव, समन्वयात्मकता, सहृदयता, मैत्री लाई आधार बनाइएन र घृणा, प्रतिद्वन्दीता, निषेध बाट समस्या खोज्ने हो भने संस्थागत हुने फेरि निरंकुशता नै हो ।
राजनितीक जीवन आदर्शमय कहिलै भएन, नैतिक रुपमा निखारिएको कहिलै रहेन, भरोसायुक्त कहिलै छैन, यस्तै जालझेल, खुरापाती र षडयन्त्र युक्त राजनिती र दलिय भागबन्डा मै हामिले चित्त बुझाएर बस्ने कि ? विद्यमान अवस्थाबाट स्थिति गत्यात्मक बनेर, समाजका बिद्यमान समस्याहरुको समाधान गर्न स्वकृयात्मक अग्रसर बन्ने हो ?
नेपाली समाजमा विद्वान, विज्ञ र दक्ष जनशक्ति नभएको हो र ?
सकारात्मक विचार फलाकेर, भिडको मनोबिज्ञान हेरेर, र चिप्ला कुरा गरेरमात्र समाजको परिवर्तन र रुपान्तरण सम्भव छैन । युग सुहाउँदो दर्शन, सिद्धान्त, बिचार, दृष्टिकोण, कार्य पद्धति, संगठन सम्रचना, संगठन पद्धति र लक्ष्य हासिल गर्न निस्काम कर्म अपरिहार्य हुन्छ । नेपाली समाजमा विद्वान, विज्ञ र दक्ष जनशक्ति नभएको होर ? वर्तमानमा समस्यानै समस्या देख्नेहरुलाई आजका समाजका विकराल समस्याहरु, हिजो रोपिएको विष वृक्षको फल हो भन्ने लाग्दछ कि लग्दैन ? समाजमा समस्या मात्रै देख्नेहरुले हिजोआज के रोप्दैछन् र केको अपेक्षा राख्दैछन्, गम्भीर भएर सोचौँ त ।
जरोकिलो महाअभियानको निर्माण कपुतन्त्रको फोहोरको डंगुर फालेर, सहृदयताको कल्प वृक्ष रोप्नका लागि हो । राज्यराष्ट्र राजनीति तन्त्रको व्यवहारिक कार्यान्वयन संगै, विदेशी विधर्मी प्रयिमान प्रतिरक्षात्मक अवस्थामा पुग्ने र नेपालमै उत्त्पति र केन्द्रीयता भएका वैदिक सनातन सभ्यताहरुको निर्णायकत्व स्थापित हुने कुरामा आसा राखौं र आत्मविश्वासी बनौं ।