विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण भएको रगत अभावलाई परिपूर्ति गर्ने उद्देश्य स्वरुप संस्कृत युवा मञ्च नेपालद्वारा रक्तदान कार्यक्रमको आयोजना भय‍ो

Featured समाचार स्वास्थ्य

विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण भएको रगत अभावलाई परिपूर्ति गर्ने उद्देश्य स्वरुप संस्कृत युवा मञ्च नेपालद्वारा रक्तदान कार्यक्रमको आयोजना भयो ।

“घर आँगनबाटै रक्तदान हाम्रो अभियान” भन्ने मूल नारालाई आत्मसात् गर्दै आयोजित कार्यक्रममा १०८ पिन्ट रगत सङ्कलन भएको छ्। । संस्थाका अध्यक्ष हरिशरण पौडेलको अध्यक्षता , सचिव विश्वराज सापकोटाको कार्यक्रम सञ्चालन तथा सह-सचिव गिरिराज पौडेलको संयोजकत्व र उपाध्यक्ष रामकृष्ण अर्यालको विशेष पहल र व्यवस्थापनमा कार्यक्रम सम्पन्न भएको हो।

 

पोखराका काहुँखोला , फूलबारी र सिमलचौरमा आयोजित कार्यक्रममा उक्त स्थानका व्यवस्थापक प्रविण चन्द्र वराल , महेन्द्र ढकाल , विश्वराज सापकोटा , हरिप्रसाद पौडेल , निगम उपाध्याय लगायत समितिका पदाधिकारीहरुको महत्त्वपूर्ण भूमिका रह्यो ।

रक्तदाताहरुको सक्रिय सहभागीले कार्यक्रम सफल हुन सकेको र रक्तदाताहरुप्रति विशेष कृतज्ञता र आभार सहित संस्थाका सल्लाहकार लगायत आर्थिक तथा आवश्यक सामाग्रीका सौजन्यकर्ता हरुले गर्नुभएको अतुलनीय सहयोगले कार्यक्रम अझै व्यवस्थित भएको संयोजक पौडेलले वताउनुभयो । यस्तो महामारीका समयमा सवैले आफ्नो तर्फवाट सक्दो सहयोग गर्न उपाध्यक्ष अर्यालले अपिल गर्नुभयो ।

एकै दिनमा सय पिन्ट भन्दा वढी रगत सङ्कलन हुनु अत्यन्त प्रशंसनीय कार्य भएको रक्तसञ्चार केन्द्र कास्कीका प्रमुख अर्जुन ज्ञवालीले वताउनुभयो। विश्व शान्तिका लागि स्वस्तिवाचनपूर्वक कार्यक्रम उद्घाटन गरियो । पूर्वीय सभ्यता र दर्शनको सरंक्षण गर्दै निरन्तर सामाजिक सेवामा लाग्नुपर्ने कुरामा अध्यक्ष पौडेलले जोड दिनुभयो । यस्तै विभिन्न कार्यले समाजिक सम्बन्ध जोड्ने र महत्त्वपूर्ण योगदान पुर्याउने कुरा संस्थाका सदस्य महेन्द्र ढकालले बताउनुभयो । रक्तदाताहरुको सेवा र समर्पण भावले गर्दा नै कार्यक्रम सफल भएको भन्दै सम्पूर्ण रक्तदाताहरुमा समितिले विशेष कृतज्ञता सहित धन्यवाद व्यक्त गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *