एकता युवा क्लबद्वारा स्वास्थ्य सामाग्री वितरण !

समाचार स्वास्थ्य

१९ जेठ, पोखरा

पोखरा महानगरपालिका वडा न. ८ मा गठित एकता युवा क्लबद्वारा फ्रन्टलाईनमा काम गर्ने प्रहरिहरुलाई उच्च सम्मानका साथ स्वास्थ सामाग्री हस्तान्तरण गरेको छ।क्लब आफ़नो स्थापना संगै कोभिड बिरुद्दको यात्रामा जटिल अवस्थामा आफ़नो ज्यानको प्रवाह नगरी अग्रभागमा रही काम गर्दै आएका पोखरा-८, अवस्थित अस्थाई प्रहरी बीटमा रहेका प्रहरी र पोखरा महानगरपालिका अंतर्गत रहेका वडाका सरसफाइ गर्ने कर्मचारीहरूलाइ बितरण गरेको छ ।

 

कार्यक्रमको अध्यक्षता क्लबका अध्यक्ष सुनील खड़काले गरेका थीए भने संचालन र स्वागत मन्त्वय क्रमशः क्लबका सचिव किरण भण्डारी र उपाध्यक्ष इश्वर पहारिले गरेका थीए। कोरोनाको कहरमा पनि आफ्नो ज्यानको प्रवाह नगरी आफ्नो परिवारदेखि टाढा रहेर, दिन रात नभनी जनताको लागि अहोरात्र खटिनु भएका पोखरा महानगर्पाहिला वडा न. ८ का प्रहरिहरु मा धन्यबाद व्यक्त गर्दै केही स्वास्थ सामाग्री सहयोग स्वरुप उपलब्ध गराएको क्लबका दृतुय उपाध्यक्ष आशिष बरालले जानकारो गराए ।क्लबले ३ थान मास्क, ५ थान सेनिटाईजर, २ थान थर्मोमिटर, र १ कार्टुन पानी सहयोग स्वरुप प्रहरी अतिरिक्त सहायक निरीक्षक इन्द्रबहादुर कार्किलाई हस्तान्तरण गरेको छ।यसका साथै पोखरा महानगरपालिका अन्तरगत फोहोर मैला ब्यवस्थापन गर्दै हरेक दिन बाटो सरसफाई गर्ने केही महिलाहरुको समुहलाई पनि १ थान मास्क र १ थान सेनिटाईजर सहयोग स्वरुप उपलब्ध गराएको छ। समाजमा रहेको बिकृति, बिसंगति र अशिक्षा बिरुद्दको यात्रामा लागीपरेर काम गर्ने र समुन्नत समाज र सुखी नेपालिको सपना साकार पार्नका निम्ति हरेक टोलटोलबाट यूवाहरू जागे मात्र देश बिकासको सपना साकार हुने र आगामी दिनमा रचनात्मक कार्यक्रमहरू गर्ने कुरा क्लबका अध्यक्ष सुनील खड़काले बताए । क्लब आफ्नो स्थापना कालमै रहेको र भाबी योजनाहरुको तय गर्ने क्रममा रहेको छ।

 

भाबी दिनहरुमा पनि यस्तै थुप्रै सामाजिक कार्यमा अग्रसर रहने र आउदो दिनमा पनि समाजको लागि सधै तत्पर रहने साथै येस्तै खालका कार्यक्रमहरुलाई निरंतरता दिने क्लबका प्रथम उपाध्यक्ष ईस्वर पहारिले जानकारी दिए। श्रि कालिका माई फर्माको तर्फबाट र क्लबका अध्यक्ष सुनील खड़का, सह-सचिब प्रीतम गुरुंग र प्रवक्ता संजीव बरालले व्यक्तिगत लगानिमा स्वास्थ्य सामग्री ख़रीद गरीएको कुरा सह-सचिब संदीप भुसालले बताए ।

 

क्लबले सिंग्गो पोखरामा आवश्यक पर्ने हरेक खालका कार्यक्रमहरू गरी सचेतना र सहयोगी खालका कार्यक्रमहरू गर्ने कुराको बारेमा क्लबका कार्यसमिति सदस्य बिशाल गुरुङले प्रकाश पारेका थिए ।

आफ्नो कार्य ब्यस्तताले कार्यक्रममा उपलब्ध हुन नसके पनि क्लबले छोटों समयमा निकै सर्हानिय र उदाहरणिय कार्यको थालनी गरेको र वडा बाट हुने हरेक खालका आर्थिक र नैतिक सहयोग गर्न सदैब वडा तत्पर रहने र युवाहरू समाज बिकास र रूपांतरणमा लाग्न प्रेरणा समेत वडा अध्यक्ष रुद्रनाथ बराल ले फोन मार्फत जानकारी दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *