मध्य पहाडी लोकमार्ग अन्र्तगत पोखरा बागलुङ खण्डको शुस्ताएको काम तुरुन्त सुचारु गर्न संसदमा सांसद गिरीको माग

Featured राजनीति विशेष समाचार समाज

२२ साउन, पर्वत । निर्माणको चरणमा रहेको मध्यपहाडी लोकमार्गको पर्वत खण्डमा निर्माण कम्पनी र मध्यपहाडी लोकमार्ग कार्यालयको लापरबाहीका कारण सडक अस्तब्यस्त बनेको छ । सडकलाई विस्तार गरी टुलेनको बनाउने कार्य भईरहे पनि सडक निर्माण कार्य निर्माण कम्पनीले वीच मै अलपत्र पारे पछि सडक अस्तब्यस्त बनेको हो ।

सडक अलपत्र परेको विषयमा संघिय संसदको वैठकको शुन्य समयमा पर्वत जिल्लाबाट प्रतिनिधि सभामा प्रतितिधित्व गर्ने सांसद पदम गिरीले संसद वैठकको ध्यानाकर्षण गराएका छन । मंगलबारको संसद वैठकको शुन्य समयमा बोल्दै सांसद गिरीले सडकमा परेका खाल्टा र भिरको पहिरोले कुनै पनि बेला ठूलो दुर्घटना हुन सक्ने बताए । उनले सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै समयमा काम सक्ने र गुणस्तरीय काम गर्ने कार्यमा सरकारले नियमगमन गर्नुपर्ने धारणा राखे । संसद वैठकलाई गम्भिर रुपमा ध्यानाकर्षण गराउँदै निर्माण कम्पनीले निर्माण कार्य अवरुद्ध पारेकोमो आपत्ति जनाउँदै यस्ता कम्पनीलाई कारबाहीको समेत गिरीले माग गरे ।

मध्य पहाडी लोकमार्गको पर्वत खण्ड अन्तर्गत कास्की नयाँपुल देखि पर्वत मालढुंगासम्मको झण्डै २४ किलोमिटर सडक खण्ड निर्माण चरणमै अलपत्र परेको छ । निर्माणको जिम्मा लिएको लामा कन्स्ट्रक्सनले निर्माण कार्य छाडेको छ । निर्माण चरण अन्तर्गत सवै खण्डमा भित्तो भत्काउने र वाल लगाउने कार्य मात्र गरेको निर्माण कम्पनीले सडकको बेस र सवबेसको कार्य नै नगरी सडक अलपत्र पारे पछि सडकको २० किलोमिटर खण्डको यात्रा निकै कष्टकर बनेको हो ।

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्डको काम ४५ प्रतिशत सम्पन्न भएको छ । सोचे अनुसारको कार्य प्रगति हुन नसकेपछि आयोजना नै अलपत्र पारेर निर्माण कम्पनी बेखबर रहेको छ ।

यस सडकको यस आर्थिक वर्षसम्ममा ७० प्रतिशत काम गर्ने लक्ष्य लिएको भएपनि सोचे अनुसारको प्रगति हुन नसकेपछि मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतका प्रमुख समेत काठमाण्डौ कुलेलम ठोकोका छन् । आयोजनाका प्रमुख आशिस थापा मगरले ७० प्रतिशत बढि काम सम्पन्न गर्ने लक्ष्य भएपनि सोचे अनुसारको काम हुन नसकेको र काम समयमा नसकिए पनि आँफूलाई कुनै समस्या नहुने बताउँदै आएका छन् । कार्यालय प्रमुखको गैर जिम्मेवार अभिब्यक्ति र निर्माण कम्पनीको लक्ष्य बमोजीमको काम हुन नसक्दा सडकको निर्माण कार्य अलपत्र परेको छ ।

२०७४ चैत महिनादेखि स्तरोन्नतिको काम शुरू भएको पर्वत खण्डमा हालसम्म ४५ प्रतिशत काम सम्पन्न भएको छ । आयोजनाले भने गत असार मसान्तसम्ममा ७० प्रतिशत काम सक्ने लक्ष्य लिएको भएपनि ५० प्रतिशत मात्र पुरा हुने देखिएको हो । सडक निर्माणको काम सुस्त हुँदा यात्रुहरुलाई समस्या भएको छ ।
लोकमार्ग अन्तर्गत पर्वतको अँधेरीखोलादेखि मालढुंगासम्मको २४ किलोमिटरको भौतिक प्रगति सोचे अनुरुप हुन नसकोको र निर्माण कम्पनी लामा कन्ट्रक्सनले कार्यालयले समयमा भुक्तानी नदिँदा समस्या भएको बताउँदै आएको छ ।

१० किलोमिटर कालोपत्रेको काम यस आर्थिक वर्षमा सक्ने लक्ष्य रहेको र गत असारसम्ममा सो काम सकेर ६० प्रतिशत प्रगति हाँसिल हुने गर्ने बताएपनि थप प्रगति हुन सकेको छैन । सडकको अधिकांस ठाउँमा नाली निर्माण, पहिरो रोकथामका लागि पर्खाल निर्माण, साँघुरो घुम्ती काट्ने लगायतका संरचनाको काम भएको भएपनि मुख्य समस्या रहेका ठाउँमा काम शुरु नै नहुँदा वर्षातको समय यात्रुहरुलाई समस्या हुने भएको हे । काम नसक्दा ठाउँ ठाउँमा पहिरो खस्ने तथा जोखिमयुक्त यात्रा गर्नुपर्ने बाध्यता भएको यात्रुहरुको भनाई छ ।

आयोजनाको पर्वतको अँधेरी खोलादेखि मालढुंगासम्मको २४ किलोमिटर स्तरोन्नतिको काम लामा कन्स्टूक्शन प्रालिले जिम्मा लिएको छ । कम्पनीले ८३ करोड ९८ लाख रुपैयाँमा पर्वत खण्ड स्तरोन्नतिको कामको ठेक्का लिएको हो ।

Source : Parbatnews

https://www.facebook.com/100022919766094/videos/511251616315493/?t=11

Leave a Reply

Your email address will not be published. Required fields are marked *