ऋषिङ्ग गाउँपालिको घुम्ती शिविर उदघाटन

Featured समाचार

पोखरा साउन 16
तनहुँको दक्षिणी पश्चिमी क्षेत्रमा अवस्थित ऋषिङ्ग गाउँपालिकाको आयोजनामा अपाङ्गता भएका नागरिकको लागि परिचयपत्र बनाउन निबेदन संकलन गर्ने घुम्ती शिविरको उद्घाटन भएको छ । ऋषिङ्ग गाउँपालिका वडा नं १ का अध्यक्ष श्री बहादुर आलेको सभापतित्वमा संचालित कार्यक्रमको ऋषिङ्ग गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले एक कार्यक्रमका बिच उदघाटन गर्नुभयो । कार्यक्रममा बोल्नुहुँदै प्रमुख अतिथी श्रेष्ठले संघियता लागुको क्रमसँगै गाउँपालिकालाई प्रत्यायोजित अपाङ्गता ब्यक्तिहरुको परिचयपत्र बितरणको प्रकृया अन्तरगत कार्यबिधी अनुसार निबेदन संकलन गरिएको बताउनुभयो । उहाँले समृद्ध ऋषिङ्गको लागि सबलाङ्ग सँगै अपाङ्गता भएका ब्यक्तिहरुको कर्तब्य र भुमिकामा कुनै फरक नहुने बताउनुभयो । कार्यक्रममा बोल्नुहुँदै विशिष्ट अतिथी ऋषिङ्ग गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत चण्डिका पौडेलले गाउँपालिकाले अपाङ्गता सम्बन्धी गहन रुपमा अध्ययन गरिरहेकोले कोहि अपाङ्गको बारेमा यस शिबिरपछि प्रष्ट हुने बताउनुभयो । उहाँले यो शिबिरले अपाङ्गता भएका ब्यक्तिहरुको उचित संबोधनमा ध्यान दिने बताउँदै ८ वटै वडाबाट निबेदन संकलन भएपछी एउटा बिन्दुमा पुगि अपाङ्गको बारेमा उचित निर्णय लिईने बताउनुभयो । ऋषिङ्ग गाउँपालिका अपाङ्गता जरोकार समन्वय समितिका संयोजक गिनुमाया थापा विशिष्ट अतिथी रहेको कार्यक्रममा,स्वास्थ्य संयोजक राम नरेश ठाकुर सहित गाउँसभा सदस्यहरु लगायत अतिथिहरु उपस्थित थिए । ऋषिङ्ग गाउँपालिकाका कार्यपालिका सदस्य सबिना रानाले स्वागत मन्तब्य दिएका थिए भने कार्यक्रम दान बहादुर श्रेष्ठले संचालन गरेका थिए । शिविरमा वडा नं १ का ४४ अपाङ्गता भएका ब्यक्तिहरुले निबेदन दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *