बुद्धको सन्देश अनुसरण गरे समाजमा विग्रह आउदैन-सांसद गिरी

Featured विशेष समाचार समाज

४ जेठ, कुश्मा, पर्वत । प्रतिनिधि सभा सदस्य माननीय सांसद पदम गिरीले बुद्धको सन्देश सवै जनाले अनुसरण गरे समाजमा विग्रह, कलह र अशान्तिको शृजना नहुने बताएका छन ।

बुद्धजयन्तीको पावन अवसरमा कुश्मामा आयोजित एक विशेष समारोहलाई सम्बोधन गर्दै सांसद गिरीले बुद्धले प्राप्त गरेको बुद्धत्वको अनुसरण विश्व समुदायले गरेको खण्डमा समाजमा विग्रह नआउने बताएका हुन ।

सांसद गिरीले बुद्धजयन्तीको अवसरमा बुद्धत्व प्राप्त गर्ने सिदार्थ गौतमको त्याग र समर्पणले विश्व भरका मानिसलाई त्यागी बन्न उदाहरण दिएको बताए । गिरीले बुद्धजयन्तीको अवसरमा सवैमा शुभकामना सन्देश दिदै कुश्मा ४ मा रहेको आनन्द गुम्बामा नवनिर्मित सभाहलको शिल्यान्यास समेत गरेको छन ।

सांसद गिरीले बुद्धत्व प्राप्त गर्ने सिदार्थ गौतमका कारण नेपाल विश्व मानवचित्रमा चिनिने पहिचान बनेको समेत बताए । कार्यक्रममा कुश्मा नगरपालिकाकी उप प्रमुख सिता काप्ले, कुश्मा ५ की वडा अध्यक्ष चित्रकला शर्मा लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

Source: Parbatnews

Leave a Reply

Your email address will not be published. Required fields are marked *