चिच्याएर बर माग्ने मेलामा तीन लाख बराबरको भेटी

Featured समाचार

बेझाड, १३ मङ्सिर 

पाल्पाको तिनाहुँ गाउँपालिका–४ मा अवस्थित सत्यवती मन्दिरमा लागेको चिच्याएर बर माग्ने मेलामा रु तीन लाख बराबरको भेटी सङ्कलन भएको छ ।

कात्तिक पूर्णिमाको अवसरमा मङ्सिर ५, ६ र ७ गते लागेको मेलामा रु तीन लाख २४ हजार ८०० भेटी सङ्कलन भएको सत्यवती मन्दिर व्यवस्थापन समिति अध्यक्ष सुनवीर गाहामगरले जानकारी दिनुभयो ।

मन्दिरमा सङ्कलन भएको भेटी मन्दिरको भौतिक पूर्वाधार, खानेपानी, बिजुली, मन्दिरसम्म पुग्ने सडक मर्मत तथा विस्तार, मन्दिरका लागि आवश्यक सामग्री खरीदमा खर्च गरिने उहाँले बताउनुभयो । यस वर्ष करीब एक लाख दर्शनार्थीले मेला अवलोकन गरेका थिए ।

पाल्पा, गुल्मी, रुपन्देही, स्याङ्जालगायतका विभिन्न जिल्ला तथा भारतको लखनऊदेखिका दर्शनार्थीले मेला अवलोकन गरेको धु्रवप्रसाद पङ्गेनीले जानकारी दिनुभयो । सत्यवती मन्दिरमा रहेकी बज्यै बैरी छन् भन्ने धार्मिक विश्वास रहेकाले यहाँ आउने दर्शनार्थीले चिच्याएर बर माग्ने गर्दछन् । मन्दिर र ताल वरपर परिक्रमा गर्दै चिच्याएर बर मागेमा भाकल पूरा हुन्छ भन्ने धार्मिक विश्वासका कारण पूजा गर्न आउने दर्शनार्थीले चिच्याएर बर माग्ने चलन छ ।

(रासस) 

Leave a Reply

Your email address will not be published. Required fields are marked *