पर्वतमा ओली समुह बलियो छ, भोलि होईन आजै मिलेर जाऔं – युवा संघ नेता सुनिल

Featured गण्डकी प्रदेश राजनीति विशेष समाचार समाज

पर्वत-आइतबार संसद विघटन भएसंगै देशैभरी राजनीतिक माहोल तरंगीत त भएको छ नै, यता नेकपा भित्र भने कित्ताकाट नै शुरु भएको छ । ३ बर्ष अघि गठजोड बांधेर निर्वाचनमा होमिएको नेकपा एमाले र माओवादीले बहुमत प्राप्त गरेर सरकार चलाउने एकाधिकार त प्राप्त गर्‍यो तर सत्ता कस्ले कब्जा गर्ने भन्ने आन्तरिक लडाइँमा ज्यादा रुमालिए । नेकपाको अनेक घटनाले भित्रभित्रै सल्केको आगो संसद विघटन सम्म पुग्दा राँको बनेर बाहिर निस्कियो, नेकपा विभाजन भयो ।
देशैभरी प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली पक्ष एकातिर र अर्का नेकपा अध्यक्ष पुष्पकमल दहाल प्रचण्डु, वरिष्ठ नेता माधव कुमार नेपालको जत्था अर्कातिर भएको छ । नेकपा मुख्यत दुइ कित्तामा भएपछि देशैभरी जिल्ला जिल्लामा गुटबन्दी, समर्थन वा विरोधमा कार्यक्रम हुन थालेका छन ।
नेकपा टुक्रिएपछि पर्वत जिल्लामा पनि प्रभाव गाढा रुपमा परेको छ । केपी ओली गुट र प्रचण्ड-माधव गुटका समर्थक नेता तथा कार्यकर्ताले आफ्ना कार्यक्रम अंघि बढाइरहेका छन । कुन नेता कुन गुटमा भन्ने गन्ती भएको छ, नेता कार्यकर्ता एक अर्कामा कटाक्ष गरिरहेका छन । चिया पसल देखी समाजि संजाल सम्म देखिएको समर्थन तथा विरोध गतिविधिले कार्यकर्ताको कित्ता समेत छर्लङ्ग पारेको छ ।
पर्वतमा ओली गुट बलियो कि प्रचण्ड-माधव गुट बलियो भन्ने विषयमा चर्चा भइरहेको छ । कार्यकर्ता भने आफ्नो गुट बलियो देखाउन अनेक हर्कत देखाउन थालेका छ्न ।
युवा संघ पर्वतका सचिवालय सदस्य युवा नेता सुनिल सिङ बानियाँले पर्वतमा ओली समुह बलियो रहेको बताएका छन । पार्टी भित्र सक्रिय, निडर तथा तार्किक युवा नेताको रुपमा परिचित नेता सुनिल सिङ बानियाँले एक कुराकानीमा पर्वतमा ओली समुह हरेक हिसाबले सवल रहेको ठोकुवा गरेका हुन । राजनीतिक रुपमा जिल्ला देखी केन्द्रसम्म राम्रो छाप स्थान बनाएका नेता कार्यकर्ता ओली गुटमा रहेकाले यो समुह सवल रहेको बताए । बानियाँ भन्छन्  हेर्नुहोस गन्दै जाने हो भने पनि स्थानीय पार्टीको नेतृत्व होस वा जनप्रतिनिधि देखि राष्ट्रिय स्तरमा परिचीत स्थान बनाएका नेताहरु ओली समुह मै छन अनि अर्को समुह कसरी बलियो हुन्छ ? उनले थपे जिल्लामा राजनीति, सामाजिक होस् वा व्यवसायका हिसाबले पनि ओली समुहका युवाहरु तथा नेता कार्यकर्ता सवल रहेकाले राजनीतिमा यसको प्रभाव ठुलो हुने बताए ।
नेता वानियाँले प्रचण्ड-माधव गुट भन्दै लागिरहेका साथीहरू पनि भोलि ओली गुटमै आउने निश्चित रहेको बताए । एकदिन ओली गुटमै आउनु त छँदैछ भोलि आउनु भन्दा आजदेखी नै एकजुट भएर जान फरक गुट भन्दै हिडेका साथीहरूलाइ पनि अनुरोध गर्दछु । उनले भने । संख्याका हिसाबले प्रचण्डमा-माधव समुह बलियो छ भनेर कतै कुरा गर्छन् भन्ने सुनेको छु, सवल सक्षम क्वालीटी नेतृत्व नभएपछि संख्याले प्रभाव पार्दैन, नेतृत्व त ओली समुह मै छ त्यसैले मेरो समर्थन यो समुहलाई हो, अरु छुटेका युवा तथा कार्यकर्ताहरुलाई परिस्थिति बुझाएर संगै संगठित गर्ने बानियाँले सुनाए । नेता बानियाँले नेकपा टुक्रिने परिस्थिति प्रचण्ड( माधवका कारणले नै आएकोले कार्यकर्ताले असल नेतृत्व बुझेर अघि बढ्न आग्रह समेत गरे

Leave a Reply

Your email address will not be published. Required fields are marked *