बमजनको आश्रममा सीआइबीको छापा, शव गाडिएको स्थान खोज्दै प्रहरी

समाचार

काठमाडौं, २० पुस

अलौकिक शक्ति र लिटिल बुद्घका नाममा  प्रचार गरिएका विवादीत तपस्वी रामबहादुर बंमजनको आश्रममा प्रहरीले छापा मारेको छ
महिला हिंसा र हत्या,बेपत्ता  लगायतका दर्जनौ उजुरी पर्न लागेसँगै प्रहरीले  सिन्धुपाल्चोकस्थित उनको  आश्रममा प्रहरील छापा  मारेको हो ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी), जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय नवलपुरको संयुक्त टोलीलेले बमजनको आश्रममा शुक्रबार बिहानदेखि खोजतलास सुरु गरेको हो ।

बमजनका चेलाहरु बस्दै आएको जिल्लाको इन्द्रावती गाउँपालिका–६ बाँडेगाउँस्थित टोड्के जंगलमा रहेको बमजनको आश्रममा फरेन्सिक विज्ञसहितको प्रहरीको टोलीले छापा मारेर खोजतलास थालेको हो । बमजनका एकजना अनुयायीको हत्यापछि शब गाडिएको आशंकामा शंकास्पद स्थानको खोजीमा प्रहरी अहिले जुटेको छ

बमजनको आश्रममा केन्द्रीय अनुसन्धान ब्यूरोको विज्ञ टोली, जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख एसपी मुकुन्द मरासिनी र इलाका प्रहरी कार्यालय नवलपुरका इन्सपेक्टरसहितको टोलीले खोजतलास गरिरहेको हो ।

जिल्ला अदालत सिन्धुपाल्चोकबाट आश्रममा खानतलासी गर्न बिहीबार अनुमति मिलेपछि प्रहरीको टोली शुक्रबार बिहान त्यहाँ पुगेको हो । बमजनको आश्रममा आनीसहितका केही अनुयायीको हत्या र बेपत्ता बनाइएको उजुरी परेपछि प्रहरीले अनुसन्धान अघि बढाएको हो ।

यो प्रकरणको अनुसन्धानका लागि प्रहरी प्रधान कार्यालयले दुईवटा जिल्ला प्रहरी र केन्द्रीय अनुसन्धान ब्यूरोलाई परिचालन गरेको छ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले यो प्रकरणको अनुसन्धानका लागि सिआइबीका निर्देशक डिआइजी निरजबहादुर शाही, सिन्धुपाल्चोक प्रहरी प्रमुख एसपी मुकुन्द मरासिनी र उजुरी परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका एसपी बुद्धि गुरुङलाई खटाएका छन् ।

रामबहादुर बमजनका अनुयायीमध्ये एक नुवाकोटका सञ्चलाल वाइबा बाँडेगाउँकै आश्रमबाट बेपत्ता भएको उजुरी परेपछि प्रहरीले अनुसन्धान अघि बढाएको हो । रामबहादुर २०७१ असोज पहिलो सातादेखि ६ महिनासम्म यही आश्रम बसेका थिए । उनको यहीँ आश्रममा हत्या गरी गाडिएको अनुमानका आधारमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बमजनका अर्का अनुयायी सुरेश आले पनि यही आश्रमबाट हराएका थिए । त्यसैगरी आनीद्वय डोल्मो र चुन्मा पनि बाँडेगाउँकै आश्रमबाट बेपत्ता भएको उजुरी छ । बमजनले आफ्ना अनुयायीहरुलाई यातना दिन लगाउँदा ज्यान गएको बताइएको छ । प्रहरीले यातनाका क्रममा ज्यान गुमाएका सञ्चलाललाई गाडिएको स्थान पत्ता लगाएर शव उत्खननका लागि फरेन्सिक विज्ञ पनि लिएर गएको हो ।
बाराको रतनपुरी जंगलमा तपस्यामा बसेका भनिएका बमजन सुरुबाटै विवादमा परेका थिए । उनीमाथि पुरुष अनुयायीलाई यातना र महिला अनुयायीलाई यौन हिंसा गरेको र ज्यानसम्म लिएको अभियोगसहितका उजुरी प्रहरीमा दर्ता भएका छन् । लिटिल बुद्घका नाममा प्रचार गरिएका बंमजन  हत्या अपहरण, बलात्कार  लगायतका उजुरीमा पर्न थालेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *