काठेखोलामा जिप दुर्घटना, ६ जना सामान्य घाईते

Featured गण्डकी प्रदेश विशेष समाचार

बागलुङ, ७ माघ– बागलुङको काठेखोला गाउँपालिका–६ बिहुँ, टापुमा सोमबार बिहान यात्रु बहाक जिप दुर्घटना भएको छ । दुर्घटनामा परि जिपमा सवार ६ जना घाईते भएका छन् । बिहुँदेखि दूध बोकेर बागलुङ बजार आउँदै गरेको ग १ ज ६६४६ नंब्बरको जीप दुर्घटना भएको हो । दुर्घटनामा परी सुमन कडेँल, सन्दिप सापकोटा, सन्तोष कडँेल, अर्जुन सुवेदी , मनिषा सापकोटा घाइते भएका छन् । घाइतेको धौलागिरी अञ्चल अस्पताल बागलुङमा सामन्य उपचार पछि घर फर्किएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । जीप सडकदेखि ७ मिटर तल खेतमा पल्टिएको छ । गाडीको पाइराइट भाँचिएका कारण दुर्घटना भएको बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *