काठमाडौं २७ माघ २०७७, पर्वतका दुई युवा ओली पक्षीय नेकपा निकट राष्ट्रिय युवा संघ, नेपालको केन्दीय सचिवको नेतृत्वमा पुगेका छन । ओली पक्षीय राष्ट्रिय युवा सघ केन्दीय समितिको पूर्णकालिन बैठकबाट केन्द्रीय सचिवमा विमल लामिछाने र प्रकाश लामिछाने चयन भएका हुन ।
नेकपा फुटसंगै राष्ट्रिय युवा संघक केन्दीय संयोजक दिपशिखा प्रचण्ड नेपाल पक्षतिर लागेपछि ओली पक्षीय राष्ट्रिय युवा संघका नेतृत्व सहितका पदाधिकारी हेरफेर भएको थियो ।
मोदी गाउँपालिका वडा नं ६ का वडा अध्यक्ष एवम् नेपाल कम्युनिष्ट पार्टी, पर्वतका सचिवालय सदस्यको रुपमा रहेका विमल लामिछाने पार्टी एवम् युवा माझ लोकप्रिय नेताको रुपमा रहेका छन ।

केन्द्रीय सचिवमा चयन भएसँगै उनका सहकर्मीहरुले बधाई तथा शुभकामना दिईरहेका छन । युवा संघमा पर्वत जिल्लाबाट पहिलो पटक पदाधिकारी सहित सचिव पद पाएको भन्दै युवा तथा विद्यार्थीहरुले खुसी व्यक्त गरेका छन ।