पर्वतका दुई युवा नेता ओली पक्षीय राष्ट्रिय युवा संघको केन्दीय सचिवको नेतृत्वमा

Featured गण्डकी प्रदेश राजनीति विशेष समाचार समाज

काठमाडौं २७ माघ २०७७, पर्वतका दुई युवा ओली पक्षीय नेकपा निकट राष्ट्रिय युवा संघ, नेपालको केन्दीय सचिवको नेतृत्वमा पुगेका छन । ओली पक्षीय राष्ट्रिय युवा सघ केन्दीय समितिको पूर्णकालिन बैठकबाट केन्द्रीय सचिवमा विमल लामिछाने र प्रकाश लामिछाने चयन भएका हुन ।

नेकपा फुटसंगै राष्ट्रिय युवा संघक केन्दीय संयोजक दिपशिखा प्रचण्ड नेपाल पक्षतिर लागेपछि ओली पक्षीय राष्ट्रिय युवा संघका नेतृत्व सहितका पदाधिकारी हेरफेर भएको थियो ।

मोदी गाउँपालिका वडा नं ६ का वडा अध्यक्ष एवम् नेपाल कम्युनिष्ट पार्टी, पर्वतका सचिवालय सदस्यको रुपमा रहेका विमल लामिछाने पार्टी एवम् युवा माझ लोकप्रिय नेताको रुपमा रहेका छन ।

युवा संघ नेपालका केन्द्रीय सचिव विमल लामिछाने

केन्द्रीय सचिवमा चयन भएसँगै उनका सहकर्मीहरुले बधाई तथा शुभकामना दिईरहेका छन । युवा संघमा पर्वत जिल्लाबाट पहिलो पटक पदाधिकारी सहित सचिव पद पाएको भन्दै युवा तथा विद्यार्थीहरुले खुसी व्यक्त गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *