नेक्सस् कप फुटबल शुक्रबारदेखि

खेलकुद

काठमाडौँ । नेक्सस् इन्टरनेशनल एकेडेमीको आयोजनामा तेस्रो नेक्सस् कप अन्तर बिद्यालय फुटबल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ । आयोजक नेक्सस् इन्टरनेशनल एकेडेमीका संस्थापक प्राचार्य आरबी कट्वालले बिहिवार पत्रकार सम्मेलन मार्फत जानकारी गराएका हुन् । नकाउटका आधारमा संचालन हुने प्रतियोगितामा उपत्यकाका १६ विद्यालय सहभागी रहेको प्राचार्य कट्वालले बताए ।

प्रतियोगितका विजयीले ५० हजार र उपविजेतालाई २५ हजार नगद पुरस्कारको व्यवस्था गरिएको छ । विद्यालय तहबाटै ‘एक विद्यार्थी एक खेल’ भन्ने अवधारणा साकार बनाउन प्रतियोगिता आयोजना गरिएको उनले बताए । ‘विद्यार्थीहरुको मानसिकसँगै शारिरीक विकास जरुरी हुन्छ भन्ने सोचका साथ हरेक वर्ष हामीले यस्ता प्रतियोगिता गर्दै आएका छौँ ।’ कट्वालले स्पष्ट पारे । प्रतियोगिताको पेप्सीकोलास्थित फुटबल मैदानमा शुक्रबार युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनारले उद्घाटन गर्नुहुनेछ । प्रतियोगिता आयोजनामा करिब ५ लाख खर्च हुने आयोजकले जनाएको छ । प्रतियोगिता १५ गते सम्म संचालन हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *