पर्वत क्लब हङकङको निमन्त्रणामा भलिबल खेल्न रविन पुगे हङकङ

Featured खेलकुद विशेष समाचार

पर्वत क्लब हङकङको आठौं वार्षिकोत्सव तथा नयाँ बर्ष २०८१ को अवसरमा मार्च ३१ मा पर्वत क्लब हङकङको आयोजनामा हङकङ स्थित चुनमुन बटरफ्लाईको भलिबल खेलमैदानमा हुन गई रहेको सातौं महिलत तथा आठौं खुला पुरुष भलिबल प्रतियोगतामा सहभागी हुन नेपाली राष्ट्रिय पुरुष भलिबल टोलीका सदस्य रविन चन्द हङकङमा खेलका लागि पुगेका छन ।

नेपालमा नेपाल पुलिस क्बलबाट व्यवसायिक भलिबल खेल खेल्ने चन्द यस प्रतियोगितामा पर्वत क्लब हङकङबाट प्रतियोगितामा सहभागी हुने छन ।

हङकङको अन्तराष्ट्रिय विमानस्थल चेप लाप कोक पुगेर पर्वत क्लब हङकङका अध्यक्ष काजीमान गुरुङ लगायतको टोलीले भलिबल खेलाडी रविन चन्दलाई स्वागत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *