वडा नम्वर २७ बालबालिकाका  लागि विद्यालयको सुनिश्चितता

गण्डकी प्रदेश समाचार समाज

आधारभुत तहसम्मको  शिक्षा अनिवार्य गर्ने ब्यवस्था अन्र्तगत पोखरा महानगरपालिकाको वडा नम्वर २७ लाइ विहिवार  बालबालिका लागि विद्यालयको सुनिश्चितता भएको पोखरा महानगरको वडा घोषणा गरिएको छ । नेपालको संविधानले आधारभुत तहलाई अनिवार्य गर्ने ब्यस्था गरे अनुसार विद्यालय उमेर समुहका (५ देखि १२)  वर्षसम्मका सम्पूर्ण बालबालिकाहरुका लागि विद्यालयको सुनिश्चिता वडा घोषणा गरिएको हो ।

पोखरा महानगरपालिकाका  प्रमुख मान बहादुर जिसीले उक्त वडामा विद्यालय बाहिर रहेका  विद्यार्थीलाई विद्यालयमा भर्ना गरिएपछि विद्यालय सुनिश्चितता वडा घोषणा गरिएको वताए । वडाभित्रका सम्पूर्ण बालबालिका विद्यालय भर्ना गरिएकाले कुनैपनि बालबालिका विद्यालय बाहिर नरहेको घोषणा गर्दै उनले विद्यालयमा अध्ययनरत बालबालिकाले पढाइ छोड्ने अवस्था नआओस् भनी सोच्नुपर्ने वताए ।  महानगर शैक्षिक प्रशासन महाशाखा प्रमुख हेमप्रसाद आचार्यले बालबालिकाको मनोभावना अनुसार शिक्षा प्रदान गर्नुपर्ने बताउदै शिक्षालाई प्रविधिसंग जोडेर लैजानुपर्नेमा जोड दिएका थिए ।  कार्यक्रममा विद्यालय निरिक्षक विश्वराज आचार्य, वीर आधारभूत  विद्यालय व्यवस्थापन समितिका अध्यक्ष  क्याप्टेन इन्द्र बहादुर गुरुङ्ग ,  डायमण्ड माविका प्रधानाध्यापक यम बहादुर रोका,समाजसेवी लेप्टन धन बहादुर गुरुङ्ग  कम्प्युटर तालिम प्रशिक्षक झलकराज पौडेल   जनप्रतिनिधिहरु  लगाएतले वर्तमान शिक्षाको अवस्थाको वारेमा आ आफ्नो धारणा राखेका थिए । कार्यक्रममा लक्ष्मीआदर्श  माविका प्रधानाध्यापक रविन्द्रनाथ भटराइले स्वागत गरेका थिए । पोखरा २७ का वडा अध्यक्ष पुर्ण कुमार गुरुङ्ग  को अध्यक्षतामा भएको कार्यक्रमको सन्चालन भण्ढारढिक स्रोत केन्द्रका स्रोत व्यक्ति विष्णुप्रसाद तिवारीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *