माघ ११ र १२ गते पोखरामा तेक्वान्दो प्रतियोगिता

Featured कर्णाली प्रदेश खेलकुद विशेष समाचार समाज

पोखरा, : कास्की जिल्ला तेक्वान्दो संघको आयोजनामा हिमालयन कम्यूटर गण्डकी प्रदेश तेक्वोन्दो प्रतियोगिता–२०७५ हुने भएको छ । अागामी माघ ११ र १२ गते पोखरा रंगशालामा हुने प्रतियोगिताको आइतबार पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो ।

युवायुवतिहरुमा आत्मबल बढाउन, नयाँ प्रतिभावान खेलाडीहरु पहिचान र उत्पादन गदै कास्की जिल्ला तेक्वान्दाे संघले २३ वटा डोजाङ र स्कुलहरुमा १२ सय भन्दा बढी खेलाडीहरुलाई प्रशिक्षण गदै आएको संघका अध्यक्ष जगनबहादुर गुरुङले बताए ।

‘खेलमा करिब ७० जना खेलाडीहरु सहभागि हुनेछन्,’ उनले भने, ‘छनोट भएका खेलाडीहरुलाई निरन्तर थप परिक्षण गराई उत्कष्ट परिमाण ल्याउने वातावरण बनाउने प्रतियोगिताको मुख्य उद्देश्य रहेको छ ।’ हिमालयन कम्यटरको मुख्य प्रायोजन रहेको प्रतियोगितामा १५ जना प्रशिक्षकहरु संलग्न हुने प्रतियोगिताका संयोजक कुलचन्द्र शर्माले जानकारी दिए । दुई दिनसम्म सञ्चालन हुने प्रतियोगिताको लागि करिब ४ लाख २८ हजार खर्च अनुमान रहेको आयोजकले जनाए ।

 

-ताण्डव न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *