देशको सार्वभौमसत्ता रक्षाको लागि सिमामा पर्खाल निर्माणार्थ सबै तलब दिन्छु-सांसद गिरी

Featured गण्डकी प्रदेश राजनीति विशेष समाचार समाज

काठमाडौँ — नेकपा सांसद पदम गिरीले सीमा विवाद समाधानका लागि भारत तयार नभएमा नेपालले यो मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्नुपर्ने बताएका छन् ।
मंगलबार बसिरहेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद गिरीले सीमा विवाद सुल्झाउन भारत तयार नभए अन्तर्राष्ट्रियकरण गरेर भए पनि नेपालले समस्या समाधान गर्नुपर्ने बताएका हुन् ।

सांसद गिरीले भारतले नेपाली सीमा नजिकै नक्कली तिलौराकोट निर्माण गरेर विश्वालाई भ्रममा राखेको पनि बताए । त्यस्तै सीमामा बाँध बाँधेर नेपाललाई ड्बानमा पार्ने गरेकाले यो समस्या छिटो समाधान गर्नुपर्ने उनको सुझाव थियो । नेपालले पर्खाल लगाएर सीमा सुरक्षा गर्नुपर्ने बताए ।

सीमामा पर्खाल लगाउनका लागि सरकार अगाडि बढोस् । त्यसका लागि नेपालीले छाक काटेर सरकारलाई दिन तयार छन् । म पनि सांसदबापत प्राप्त हुने पारिश्रमिक सबै दिन तयार छु,’ सांसद गिरीले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *