लुम्बिनी विकास बैंकद्वारा पोखरा लेकसाइडमा राहात सामग्री हस्तान्तरण

समाचार

लुम्बिनी विकास बैंकद्वारा पोखरा लेकसाइडमा राहात सामग्री हस्तान्तरण

पोखरा, १ जेठ

लुम्बिनी विकास बैंकले पोखरा ६ लेकसाइडमा विपन्नलाई लक्ष्त गरेर ५० हजार बराबरको सामग्री हस्तान्तण गरेको छ । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड—१९ को महामारी नियन्त्रणका लागि नेपाल सरकारले घोषणा गरको बन्दाबन्दीका कारण अप्ठेरोमा परेकाहरुलाई सहयोग गरेको हो ।

पोखरा महानगर पालिका वडा नम्बर ६ लेकसाईड, बैदाम आसपासको क्षेत्रमा समस्यामा परेका बिपन्न वर्गलाई राहात वितरण गर्ने उद्घेश्यले सहयोग गरेको हो । बैंकले ५ सय केजी चामल, ५० केजी दाल, ५० केजी चना, ५० लि. भट्टमास तेल र ५० पोका नुन लगायतका खाद्यान्न सामग्री हस्तान्तरण गरेको हो ।

बैंकका तर्फबाट सञ्चालक समिति सदस्य राम चन्द्र सिग्देल र पुर्ब अध्यक्ष तथा संस्थापक सुशिल राज पराजुलीले संयुक्त रुपमा वडा नम्बर ६ का वडाअध्यक्ष जगत बहादुर पहारीलाई हस्तान्तरण गरेको हो । वडा अध्यक्ष पहारीले बिपतको समयमा बैंकले गरेको सहयोगले लक्षित बर्गमा थोरै भए पनि राहात मिल्ने बताए ।

त्यस्तै सञ्चालक सिग्देलले बैंकले यस प्रकारको राहात सामग्री हस्तान्तरण तथा वितरण कार्यक्रम गत बैशाख महिनामा पोखरा महानगरपालिकाको वडा नम्बर १५ र १७ लगायत देशको बिभिन्न स्थानमा गरि सकेको बताए । सामाजिक उत्तरदायित्व अन्तर्गत बिभिन्न क्षेत्रमा सामाजिक कार्य र्गदै आइरहेको र सो को निरन्तरता रहने समेत बताए ।

लेकसाइड शाखाका शाखा प्रबन्धक महेन्द्र कुमार श्रेष्ठले विकास बैंकको ७ वटै प्रदेशमा उपस्थिति रहेको छ भने हाल देशका बिभिन्न जिल्लामा ६८ शाखा कार्यलय मार्फत आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।

जस मध्ये पोखरा महानगरपालिकामा न्यूरोड, महेन्द्रपूल, लेकसाईड, छोरेपाटन, रामबजार, लामाचौर, फूलबारी र राजाकाचौतारा गरि ८ वटा शाखा कार्यालय रहेको छ । कार्यक्रममा वडा सदस्य हरिकृष्ण पहारी, राममाया बिक लगाएत बैंकका प्रबन्धक प्रकाशचन्द्र पहारी र कर्मचारीले सामग्री हस्तान्तरणमा सघाएका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *